ग्रान्डमास्टर दिवाकर महर्जन अभिनीत ‘ज्यापू दाइ’ शीर्षकको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । ललितपुरस्थित यलमुल गार्डेनमा आइतबार साँझ भएको कार्यक्रममा नेपाल भाषाको सो गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सो गीतमा निशा देसारको स्वर रहेको छ । चन्देश्वर महर्जनले रचना गर्नुभएको गीतमा जुगल डङ्गोलको सङ्गीत र सङ्गीत संयोजन रहेको छ ।
सर्लाहीमा जन्मनुभएका सम्राट दास चलचित्र क्षेत्रमा उदाउँदो कलाकारका रूपमा स्थापित बन्ने सपना बोकेर यस क्षेत्रमा लाग्नुभएको छ । यात्रा सङ्घर्ष, त्याग र सपनाप्रतिको अटुट विश्वासले भरिएका उहाँका कथाले आजका हजारौँ युवाको प्रतिनिधित्व गर्छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । यस नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकसम्म तीन करोड ५१ लाख ५७ हजार २१८ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित सदरमुकाम चौतारा बजारको टुँडिखेलमा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य पुनः रोकिने अवस्थामा पुगेको छ ।
सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउन–मङ्सिर) मा मुलुकबाट हुने निर्यात ५८.१७ प्रतिशतले बढेर सवा खर्ब नाघेको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ १५ पैसा र बिक्रीदर १४३ रुपियाँ ७५ पैसा निर्धारण गरिएको छ ।
नियो स्टोरले काठमाडौँको लाजिम्पाटमा नयाँ प्रिमियम आउटलेट सञ्चालनमा ल्याएको छ । सामान खरिद गर्ने स्थान मात्र नभई प्रविधि अनुभव गर्ने र मनोरञ्जन लिने गन्तव्यका रूपमा यो स्टोरलाई विकास गरेको कम्पनीले जनाएको छ ।
मधेश प्रदेशमा सञ्चालित तीन वटा चिनी मिल सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका चिनी मिलमा सर्लाहीमा दुई र महोत्तरीमा एक रहेका छन् । सर्लाहीका इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आएका हुन् । इन्दुशङ्कर चिनी उद्योगका प्रबन्धक योगनारायण रजकले सोमबार बिहान १० बजेदेखि मिल सञ्चालन गरी उखु पेल्न सुरु गरिएको जानकारी दिनुभयो । इन्दुशङ्कर चिनी उद्योगमा दैनिक ३५ हजार र १५ हजार गरी ५० हजार क्विन्टल उखु पेल्ने क्षमता भएको बेग्लाबेग्लै दुई वटा मिल छन् । अहिले सुरुमा ३५ हजार क्षमताको मिल चलाएर उखु पेल्न सुरु गरिएको उहाँले बताउनुभयो ।
सरकारले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त राजनीतिक दलका कार्यालयमा अनुगमन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार मङ्गलबार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी अर्थात् तत्कालीन नेकपा (माओवादी केन्द्र) लगायतका दलका कार्यालय अनुगमन गरिने छ ।
सरकारले शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरिएको दुई दशकभन्दा बढी भइसक्दा पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । यसकारण हरेक प्रकारका आन्दोलनको मारमा विद्यालय र त्यहाँ पढ्ने कलिला बालबालिका पर्ने गरेका छन् ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप सरकारले नियमित रूपमा सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ठेक्का तोडिएपछि आयोजनाको अहिलेसम्म भएको कामको मूल्याङ्कन सुरु गरिएको छ ।
बेमौसम र बढ्दो जाडोमा पनि फेवातालमा डुङ्गा सयर गर्नेहरू खासै घटेका छैनन् । खुलेको मौसममा माछापुच्छ«े, अन्नपूर्णलगायत हिमालको प्रतिविम्ब आडैमा राखेर तस्बिर र भिडियो खिच्ने प्रशस्तै छन् । बेमौसममा पनि पर्यटन राजधानी पोखरालाई भरिभराउ बनाउने फेवाताल आफैँ भने प्राकृतिक र मानवीय दुवै अतिक्रमणबाट खुम्चिँदो अवस्थामा पुगेको छ ।
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनले नेतृत्व अनुमोदन गरिसकेकाले छुट्टै भेला बसाउनु पार्टीका लागि हानीकारक भएको बताउनुभएको छ । नेता ईश्वर पोखरेल समूहको अलग्गै भेलालाई लक्षित गर्दै उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।