८५ वर्ष पुरानो कैलाली कारागारको पर्खाल भत्काएर दुई ब्लकका कैदीबन्दीबिच झडप हुँदा एक जनाको ज्यान गएको थियो भने ४७ जना घाइते भएका थिए । यो घटनाले सुदूरपश्चिम प्रदेशको मात्र होइन, देशभरकै कारागारको अवस्था कस्तो रहेको छ भन्ने चित्र प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा रहेका कारागारको क्षमता जम्मा ७१५ जनाका लागि छ तर एक हजार ४०४ कैदीबन्दी राखिएका छन् । कैलालीका कारागारको अवस्था मात्र होइन, सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका अधिकांश कारागार जीर्ण अवस्थामा छन् भने सबैमा भौतिक सुविधाको अभाव देखिएका छन् ।
कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र करार जनशक्तिका भरमा चलिरहेको छ । कर्णालीमा स्थायी दरबन्दीकै हाराहारीमा करार सेवामा नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।
कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सनम चौधरी आज पनि बुबा फर्केर आउने आशामा हुनुहुन्छ । पच्चीस वर्ष बितिसक्दा पनि उहाँका बुबा तारानाथ चौधरी घर फर्कनुभएको छैन । तत्कालीन द्वन्द्वकै समयमा डकर्मी (मजदुरी) काम गरिरहेकै उहाँ बेपत्ता हुनुभएको थियो ।
लघुजलविद्युत्को भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ ।
यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई निःशुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरापर्व सामाजिक पुनर्मिलनको अवसर भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताउनुभएको छ ।
गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ ।