अहिले बिहानको ८ बजिसकेको छ । घाममाथि आइसक्ने बेला भयो । तर बाहिर हेर्दा अझै उज्यालो देखिदैन । शितलहले वर्षा लागेको आभास दिन्छ ।
नेपाल एयरलाइन्सले कर्णालीमा उड्ने जहाजको तेल भर्ने प्राविधिक कर्मचारीको सुर्खेतमा दरबन्दी कायम नगर्दा जहाजमै घुमेर काम गर्न बाध्य छन् । काठमाडौँबाट दुई जना कर्मचारीमा एक इन्जिनियर र एक प्राविधिक सधैँ जहाजमा आउनेजाने गर्दा कार्यालय पनि जहाजै भएको छ ।
दैलेख जिल्लामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्यासँगै आपराधिक घटना बढ्दै जान थालेका छन् । पारिवारिक तनाव, आर्थिक अभाव, लैङ्गिक हिंसा तथा सामाजिक दबाबका कारण मानसिक समस्या जटिल बन्दै जाँदा आपराधिक घटना बढ्दै गएको हो ।
कर्णाली प्रदेशमा शिक्षा क्षेत्रको पूर्वाधारमा पर्याप्त लगानी भएर पनि सो अनुसार गुणस्तर प्राप्त हुन नसकेको शिक्षासँग सरोकार राख्ने पक्षले बताएका छन् । उनीहरूले तीन तहका सरकारले पछिल्लो समय विद्यालयको पूर्वाधार विकासमा लगानी गरे अनुसार शैक्षिक गुणस्तरमा आशातीत उपलब्धि हासिल हुन नसकेको बताएका हुन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा न १ र २ बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । मधेश भ्रमणको क्रममा आइतबार रौतहट आउनुभएको उहाँले देशलाई निकास दिन र जेनजी पुस्ताको माग सम्बोधनका लागि तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो ।
यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।
पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिदै छ । गाउँमा भएकाहरु पनि सहर झर्ने मिति जुराउँदै छन् । जिल्लास्थित किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले हाडनाता करणी र सवारी ज्यान मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ । हाडनाता करणीका दुई फरार प्रतिवादी १२ वर्षपछि र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ परेका हुन् ।
अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ ।
राजुली नगरअस्पतालमा कार्यरत ‘निर्सिङ इन्चार्ज’ अञ्जना धामीको अनुहार चमकदार देखिन्थ्यो । नर्सिङ स्टाफ सधैँ चिटिक्क, चमकदार र हसमुख नै हुन्छन् हैन रु प्रश्न गर्दै गर्दा उहाँले भन्नुभयो, “यसमा सत्यता होला । तर यत्तिमा मात्र होइन ।