असार २६ मा बसेको त्रिवि सभा बैठकमा कुलपतिका हैसियतमा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्र पास गर्ने निर्णय गर्नुभयो । त्रिवि पदाधिकारीले ल्याएको नीति तथा
सङ्घीय ढाँचाको शासकीय प्रबन्ध अनुरूप सङ्घ, प्रदेश र स्थानीय तहले राजनीतिक, वित्तीय, प्रशासनिकलगायत जनस्तरमा सङ्घीयताका आधारभूत पक्षलाई संस्थागत गरी क्रमशः सबलीकरणका दिशामा तीन वटै तहका प्रशासनिक संयन्त्र क्रियाशील हुनु पर्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलानबिहुल गाउँपालिकामा नमुना विद्यालय भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
नेपाल भाषा सफू गुथिको साधारण सभा एक कार्यक्रम आयोजना गरेर सम्पन्न गरिएको छ । समाजसेवी, शिक्षाविद्, साहित्यकार हितकरवीर कंसाकारको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा कंसाकारले सफू गुथिले लेखक र पाठकबिच गर्दै आएको पुलको कार्य अति आवश्यक र प्रशंसनीय भएको बताउनुभयो ।
जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तय गरेसँगै मुलुक राजनीतिक रुपमा फेरि निर्वाचन केन्द्रित बनेको छ ।
जुम्लामा यतिबेला परम्परागत रूपमा खेलिँदै आएको भैलो सुरु भएको छ । पुसे औँसीदेखि पाँच दिनसम्म भैलो खेलिने चलन रहेको छ । जसलाई स्थानीय भाषामा ‘ए औँसी बार’ पनि भन्ने गरिन्छ तर पछिल्लो समय जुम्लामा पुस्तौँदेखि खेलिँदै आएको भैलो संस्कृति क्रमशः लोप हुँदै गएको छ ।
धर्म, संस्कार, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बुटवलमा सामूहिक शङ्ख बजाउने प्रशिक्षण सम्पन्न भएको छ । लुम्बिनी पूजा सामग्री भण्डार बुटवलले आयोजना गरेको शङ्ख बजाउने प्रशिक्षणमा नेपाल र भारतका गरी २५० प्रशिक्षार्थी सहभागी थिए ।
राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।
नेपालयको ‘आर’ शालामा हरेक अङ्ग्रेजी महिनाको अन्तिम साता आयोजना हुने ‘पलेँटी’ को आगामी शृङ्खलामा गायक तथा सङ्गीतकार आभासका साङ्गीतिक सिर्जना प्रस्तुत हुने भएका छन् । कार्यक्रमलाई सङ्गीतकार आभासले नै संयोजन गर्दै आउनुभएको छ । उहाँसँग सहगायनमा अभिज्ञा घिमिरेले साथ दिनुहुने छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लाागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।
औद्यौगिक नगरी विराटनगरमा २०५३ यता कुनै न कुनै उद्योगी व्यापारीका छाता संस्थाले बर्सेनि व्यापार मेला आयोजना गर्दै आएका छन् । फरक फरक रूपमा स्थापना भएका छाता संस्थाले व्यापार मेला, औद्योगिक प्रदर्शनी, ट्रेड एक्स्पो, कृषि प्रदर्शनी जस्ता मेला आयोजना गरे पनि यसका लागि निश्चित स्थानमा प्रदर्शनी स्थल भने छैन ।
सहकारी बैङ्कहरूले न्यूनतम चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपियाँ अनिवार्य पु¥याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले सहकारी बैङ्कका लागि निर्देशन, २०८२ जारी गर्दै पुँजी, कर्जा, तरलता र जोखिम व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागु गरेको हो ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि सञ्चालन गरेको पुनः एकीकरण कार्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका युवाको काम गर्ने संस्कार, पुँजी, सिप र अनुभवलाई राष्ट्रिय उत्पादनसँग जोड्ने विषय नीति उल्लेख गरिए पनि व्यवहारमा हुन नसकेको अध्ययनले देखाएको छ ।
बिक्री गर्ने बेला भएको उखु जलेपछि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवाका किसानले राहत माग गर्न थालेका छन् । गत सोमबार फैलिएको आगलागीका कारण करिब ५० बिघामा लगाएको उखु जलेको थियो । आगलागीबाट जलेको उखु खेतीको निरीक्षण गर्न अहिले मन्त्री, सांसद, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका नेतालाई भ्याइनभ्याइ छ ।
सरकारले दुर्गम जिल्लाका थप पाँच गाउँपालिकामा फोरजी इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो तीन महिनाको उपलब्धि सार्वजनिक गर्दै नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या तीन महिनामा दुई लाख वृद्धि भएको बताउनुभएको छ । उहाँले आफू मन्त्री भएको तीन महिनामा ३० वटा उपलब्धि सार्वजनिक गर्नुभएको छ ।