संयुक्त राज्य अमेरिकामा जुलाई महिनाको आधारभूत महँगी २.९ प्रतिशतले बढेको छ, जुन चालु वर्षको फागुन महिनापछिको सबैभन्दा उच्च स्तर हो ।
अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा आएको भारी वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।
इजरायली सेनाले गाजासिटीमा प्रारम्भिक चरणको सैन्य कारबाही सुरु गरेको जनाएको छ । सेनाका प्रवक्ता अवीखाय अद्राईले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजासिटीको छेउछाउमा तीव्ररूपमा कारबाही भइरहेको बताउनुभयो ।
मलेसिया सरकारद्वारा नवीकरणीय ऊर्जा प्रवाहका लागि विद्युत् सञ्जालको प्रयोगबापत लाग्ने शुल्कमा ४० प्रतिशतसम्मको कटौती गरिएको छ । ऊर्जा रूपान्तरण तथा पानी मन्त्रालयले यो निर्णय दुई वटा विशेष योजना अन्तर्गत लागू गरेको हो ।
अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कलाई अवैध ठहर गरेको छ ।
गलकोटकी एक युवती गैरकानुनी रूपमा विदेश जाँदा हिंसामा परिन् । ती महिला पर्यटन भिसामा ओमान गएकी थिइन् । गैरकानुनी रूपमा घरेलु कामदार बस्दा हिंसामा परेर ती महिलाले दुःख पाइन् ।
जिल्ला सदरमुकाम तथा आसपासको क्षेत्रमा सवारी र सवारीका कारण हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ ।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबिच सहकार्य एवं समन्वय गर्दै महानगर प्रहरीले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यो प्रदेशमा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई नियन्त्रण चुनौतीपूर्ण बनेको बताउनुभएको छ । साथै उहाँले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मुगुको पूर्वी भेगमा पर्ने छायानाथ रारा नगरपालिका–६ मा पर्ने खात्तला, सिप्टिचौर, हुड्केथलापाटनमा वर्षायाम सुरु भएसँगै चरिचरनका लागि भेडालाई पाटन ल्याइएको छ ।
तीन वर्षदेखि अलपत्र परेको नवलपरासी पश्चिममा सुनवल नगरपालिका–५, वनकट्टीमा नगर अस्पतालको भवन निर्माणको काम सुरु भएको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पूरा गर्नुपर्ने बताउनुभएको छ ।
सरकारले नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक (आइजिपी) मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले हाल केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक खापुङलाई आइजिपीमा नियुक्त गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।
ताप्लेजुङको मेरिङ्देन सडक मर्मतपछि यातायात सेवा सहज भएको छ । बर्खायाममा क्षतिग्रस्त बनेको मेरिङ्देन गाउँपालिका–२, सान्थाक्रा खण्डमा सडक मर्मत गरिएपछि यातायात सेवा सहज भएको हो ।