राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको कार्यकारी (सभापति) जिम्मेवारीमा फर्किनुभएको छ । आइतबार बसेको पार्टीको ६४ औँ केन्द्रीय कमिटीको बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले आफूले समाल्दै आएको कार्यकारी सभापतिको जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गर्नुभएको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।
जेनजी आन्दोलनका घाइतेको उपचार गर्ने ८० अस्पतालमध्ये २३ वटा अस्पतालले मात्र उपचार खर्चको शोधभर्नाका लागि विवरण पठाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ (एचइओसी) ले ८० वटै अस्पताललाई शोधभर्नाका लागि सम्पूर्ण विवरण पठाउन आग्रह गरेको थियो ।
सामूहिक पुनर्वास कार्यक्रम स्थगनपछि नेपाल सरकारले ‘एक्जिट पर्मिट’ नदिँदा रोकिएका भुटानी शरणार्थीले प्रक्रियासम्मत रूपमा तेस्रो मुलुक जाने अनुमति मागे अनुमति प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई परमादेश आदेश जारी गरेको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
जिल्लाको कमलामाई नगरपालिका ६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबिच आज बिदाइ भेटवार्ता भएको छ । चिनियाँ दूतावासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबिच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको हो ।
नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू तथा जेन–जी युवा पुस्ताका मागहरू गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।
चीनको सबैभन्दा ठूलो समुद्री तेल क्षेत्र ‘बोहाई तेल क्षेत्र’ ले सन् २०२५ मा चार करोड टन तेल उत्पादन गरी ऐतिहासिक रेकर्ड कायम गरेको चीन राष्ट्रिय समुद्री तेल निगमले आइतबार जनाएको छ ।
सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गर्नुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताउनुभएको छ।
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त हुनुभएको छ।
सरकारले नयाँ मूल धारको मिडियाको रुपमा रहेका अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ।
ताप्लेजुङमा सामुदायिक वन समूहमा आवद्ध रहेका स्थानीयलाई वन संरक्षणमा केन्द्रित क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ। वन संरक्षणमा टेवा पुर्याउने उद्देश्य राखेर वन समूहमा आवद्ध स्थानीय उपभोक्तालाई तालिम प्रदान गरिएको हो।