बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त हुनुभएको छ।
सरकारले नयाँ मूल धारको मिडियाको रुपमा रहेका अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ।
ताप्लेजुङमा सामुदायिक वन समूहमा आवद्ध रहेका स्थानीयलाई वन संरक्षणमा केन्द्रित क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ। वन संरक्षणमा टेवा पुर्याउने उद्देश्य राखेर वन समूहमा आवद्ध स्थानीय उपभोक्तालाई तालिम प्रदान गरिएको हो।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ९एनएफपिजे०ले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधाका पाँच जना व्यावसायिक फोटो पत्रकारलाई सम्मानित गरेको छ ।
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ ।
दुबईको आईसीसी एकेडेमी मैदानमा आइतबार भएको फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।
दुई वर्षको सेवा अवधि पूरा भएकाले गोरखापत्र संस्थानका सल्लाहकारद्वय सुशीला चौधरी र रामकृष्ण अधिकारीलाई संस्थान सेवाबाट बिदाइ गरिएको छ । संस्थानमा आइतबार आयोजित बिदाइ कार्यक्रममा महाप्रबन्धक लालबहादुर ऐरीसहितले सम्मान पत्रसहित बिदाइ गर्नुभएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली दाङको घोराही आइपुगेको छ ।
युवा क्रिकेटर शेर मल्ल धनगढीस्थित एसपिए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त हुनु भएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनकामना मन्दिरको जीर्णोद्वारका लागि आर्थिक सहयोग गर्नुभएको छ।
मनाङ जिल्लाको चामे गाउँपालिका–४, सिङ्गारखर्कमा फेला परेको नयाँ हिमताल ‘काजिनसारा ताल’ को प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहको निरीक्षण गर्नु भएको छ।