सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यो प्रदेशमा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई नियन्त्रण चुनौतीपूर्ण बनेको बताउनुभएको छ । साथै उहाँले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मुगुको पूर्वी भेगमा पर्ने छायानाथ रारा नगरपालिका–६ मा पर्ने खात्तला, सिप्टिचौर, हुड्केथलापाटनमा वर्षायाम सुरु भएसँगै चरिचरनका लागि भेडालाई पाटन ल्याइएको छ ।
तीन वर्षदेखि अलपत्र परेको नवलपरासी पश्चिममा सुनवल नगरपालिका–५, वनकट्टीमा नगर अस्पतालको भवन निर्माणको काम सुरु भएको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पूरा गर्नुपर्ने बताउनुभएको छ ।
सरकारले नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक (आइजिपी) मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले हाल केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक खापुङलाई आइजिपीमा नियुक्त गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।
ताप्लेजुङको मेरिङ्देन सडक मर्मतपछि यातायात सेवा सहज भएको छ । बर्खायाममा क्षतिग्रस्त बनेको मेरिङ्देन गाउँपालिका–२, सान्थाक्रा खण्डमा सडक मर्मत गरिएपछि यातायात सेवा सहज भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् ।
झापाको बिर्तामोड-२ मा रहेको ड्रिमल्यान्डको कम्पाउन्डभित्र रहेको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।
लगानी बोर्डको ६६औँ बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना अनुमतिपत्रको मस्यौदा स्वीकृत गर्दै उक्त परियोजनाको अनुमतिपत्र जारी गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट मात्रै एक वर्षमा करिब ६ अर्ब रुपियाँको चामल आयात गरिएको छ ।
मकवानपुरको फरक–फरक स्थानमा सवारीको ठक्करबाट तीन जना गम्भीर घाइते हुनुभएको छ । मदन भण्डारी लोक मार्गअन्तर्गत पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५, सिमातपुलमा शुक्रबार ट्याक्टरले ठक्कर दिँदा दुई जना गम्भीर घाइते हुनुभएको हो ।
आन्दोलनको नाममा धर्ना हडताल गर्ने र विद्यालयको पठनपाठनमा बाधा पुर्याउने शिक्षकमाथि मनरासिसवा नगरपालिकाले कारबाहीको चेतावनी दिएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरूको सूक्ष्म निगरानी प्रणाली लागु गरिने भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उहाँकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।