आन्दोलनको नाममा धर्ना हडताल गर्ने र विद्यालयको पठनपाठनमा बाधा पुर्याउने शिक्षकमाथि मनरासिसवा नगरपालिकाले कारबाहीको चेतावनी दिएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरूको सूक्ष्म निगरानी प्रणाली लागु गरिने भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उहाँकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
चीनको भन्सार प्रशासन र कृषि तथा पशुपक्षी मन्त्रालयका उच्च अधिकारीबिच काठमाडौँमा भएको द्धिपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मकरूपमा लिएको जनाएको छ ।
कैलाली प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हेरोइन र पाँच केजी ६९० ग्राम चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो ।
परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ ।
औद्योगिक, व्यापारिक तथा साँस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ । ‘सानो पाटन’को नामले चिनिएको यो बजार बसाइँसराइका कारण सुनसान बनेको छ ।
नेपाली वाम आन्दोलनका अग्रगामी व्यक्तित्व शहीद नेत्रलाल ‘अभागी’ को स्मृतिमा तयार गरिएको स्मृतिग्रन्थ ‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ को प्रकाशन भएको छ ।
कञ्चनपुर र डडेल्धुराको भित्रि मधेस जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ ।
म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रसोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा केही समय ढिला भएमा बस्ने कुर्सी पाउन मुस्किल पर्छ । झिसमिसे हुँदै विद्यार्थीको लर्को पुस्तकालय अघिल्तिर सुरु भइसक्छ । भिड कति बढ्यो भने कुनै समय निःशुल्क पुस्तकालयमा अहिले नियमित रूपमा जानेले शुल्क तिर्नु पर्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्ने भएको छ ।
सन् २०१९ अन्तिम ताका चीनको वुहान सहरमा पहिलोपटक देखा परेको कोरोना भाइरसले छोटो समयमै विश्वभर महामारीको रूप लिएको थियो । कोरोना महामारीसँगै यसको सङ्क्रमण रोक्न थुप्रै पूर्वाधारसँगै क्वारेन्टिनका लागि विभिन्न भवनहरू निर्माण गरिएका थिए ।
म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मै सीमित भएको छ ।
अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ ।