अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत् निक्षेप खिच्न लागेको हो।
नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ। कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो।
ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ। भ्रमणका क्रममा मन्त्री घिसिङले यस क्षेत्रको विकासको मेरुदण्ड मानिने हुलाकी राजमार्ग सडक खण्डको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभयो।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा सुन्तला खेतीको आकर्षण बढ्दै गएको छ। गाउँपालिकाको विभिन्न स्थानमा बसोवास गर्दै आएका स्थानीयले सुन्तला खेतीमा निकै आकर्षण देखाउँदै आएका छन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गर्नुभएको छ।
जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरूको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी विकास भएको दाबी गर्नुभएको छ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको पुरानो विद्यालय लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका (लचमुमावि) शिक्षकहरुले शिक्षण सिकाइको वातावरण निर्माणमा ठुलो भूमिका अभिभावकहरुको भएकोले अभिभावकहरुलाई यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।
धादिङबेँसीमा सम्पन्न मोतीविन्दु शल्यक्रिया शिविरमा एक सय सात जनाको सफल शल्यक्रिया गरिएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीमा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास बेरियर जडान गरेको छ।
गुल्मीको मुसिकोट नगरपालिका-२ को गङ्गा प्राविमा पुस्तकालय स्थापना गरेर हस्तान्तरण गरिएको छ । कर्म फ्लाईट्स फाउन्डेसन नेपाल कास्कीले पुस्तकालय स्थापना गरेको हो ।
पर्यटकीय नगरी पहाडकी रानी तनहुँको बन्दीपुरसँगै कुहिरोले छोपिएको मर्स्याङ्दी उपत्यकामा पर्ने तनहुँ, लमजुङ र गोरखाका भूभागहरु र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण, लमजु, मनासलु हिमचुली र बौद्ध हिमाललगायत हिमश्रृङ्खला ।
खोटाङमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडा सिगानेका ५८ वर्षीय पदम रोक्काको कुटपिटबाट मृत्यु भएको हो।
जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् ।
रोजगारीका क्रममा विदेशका धेरै सङ्घर्षपूर्ण भोगाइ र अनुभव सँगालेका बाग्लुङको ढोरपाटन नगरपालिका बुर्तिबाङका कृष्ण खनालको सङ्घर्ष र सफलताका कथा यतिखेर अरुका लागि पनि अनुकरणीय बनेको छ ।
हिन्दु धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रूपमा लिने गरिएको छ । संसारमा समान्यतः उत्तरतर्फ बगेका नदी निकै कम रहेका छन् । तिनै दुर्लभ उत्तरबाहिनी नदीमध्येमा बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा नदीलाई लिइन्छ ।