• ६ पुस २०८२, आइतबार

खोटाङमा कुटपिटबाट एकको मृत्यु

blog

साङ्केतिक तस्बिर

राजकुमार भट्टराई

खोटाङ, पुस ६ गते । खोटाङमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडा सिगानेका ५८ वर्षीय पदम रोक्काको कुटपिटबाट मृत्यु भएको हो।

सोही ठाउँका ५० वर्षीय दिलकुमार भुजेलले पुस ६ गते बिहान ११ बजेको समयमा मादक पदार्थ सेवन गरेर विवाद हुँदा कुटपिटबाट रोक्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

कुटपिटमा संलग्न भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनु भयो ।