• ६ पुस २०८२, आइतबार

मुसिकोटको गङ्गा प्राविमा पुस्तकालय स्थापना

blog

गङ्गा प्राविमा स्थापना भएको पुस्तकालय । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), पुस ६ गते । गुल्मीको मुसिकोट नगरपालिका-२ को गङ्गा प्राविमा पुस्तकालय स्थापना गरेर हस्तान्तरण गरिएको छ । कर्म फ्लाइट्स फाउन्डेसन नेपाल कास्कीले पुस्तकालय स्थापना गरेको हो ।  

फाउन्डेसनले मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवलाल खरेल 'जीवन' मार्फत विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरेको हो । साना बालबालिकाको शैक्षिक गुणस्तरीयता अभिवृद्धि गर्न फाउन्डेसनले गरेको पुण्य कर्मप्रती आभार प्रकट गर्नु भयो । कार्यक्रममा 'एडुकेसन फर लाइफ' नेपाल कार्यक्रम निर्देशक कृष्णप्रसाद पोखरेलले विद्यालयका लागि ५०१ प्रती पुस्तक र शैक्षिक सामग्री एंव नगद सहित पुस्तकालयको स्थापना गरिएको जानकारी दिनु भयो । 

पुस्तकालयको उपयोगिता र संरक्षणमा ध्यान विद्यालयलाई आग्रह गर्नुभयो । पुस्तकालय हस्तान्तरण कार्यक्रममा स्विट्जरल्यान्डका नागरिक निकोल बर्जरले आफू विद्यालयमा आउन पाउँदा निकै खुसी लागेको बताउँदै पुस्तकालयबाट विद्यार्थीको भविष्यमा ठुलो सहयोग मिल्ने बताउनु भयो । फाउन्डेसनले विगत केही वर्षदेखी देशका ग्रामिण क्षेत्रका विद्यालयहरूमा शैक्षिक सुधार, छात्र सहायता तथा विद्यालय पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा लगायत अन्य सामाजिक कार्यहरूमा निरन्तर सहयोग गरिरहेको कर्म फ्लाइट्स् फाउन्डेसन नेपाल निर्देशक प्रेमबहादुर कुंँवरले जानकारी दिनुभयो । 

गङ्गा प्राथमिक विद्यालयका प्रधानाध्यापक  कौरव बहादुर खत्रीले फाउन्डेसनको सहयोगले शिक्षक तथा विद्यार्थीमा नयाँ उर्जा प्राप्त भएको बताउनु भयो । सोही अवसरमा निकोल राल्फकाको सहयोगमा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई कापी र पेन वितरण गरिएको थियो । त्यस्तै पुस्तकालय हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय नर्सहरूले विद्यार्थीका लागि स्वास्थ्य सरसफाइ सम्न्धीब तालिमको सहजीकरण गर्नु भएको थियो ।