ताजकिस्तानमा सेप्टेम्बर ३ देखि ९ तारिखसम्म आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा आपत्ति जनाउनुभएको छ।
युक्रेनको पश्चिमी सहर एल्भिभमा शनिबार एक सांसदको गोली हानी हत्या गरिएको छ । सांसदको गोली हानी हत्या भएको भन्ने खबरलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टि गर्नु भएको छ ।
‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने नारा साथ समाज डेन्टल हस्पिटलले शनिबारदेखि गोल्फुटारमा आफ्नो सेवा सुरु गरेको छ ।
लेखक वसन्त पराजुलीको उपन्यास बखानमाथि परिचर्चा भएको छ। नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको आयोजनामा पुस्तक चर्चा कार्यक्रम भएको हो।
भदौ अन्तिम साता ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना हुने दोस्रो तिम्बुङ पोखरी ट्रेल रन (म्याराथन) प्रतियोगिताका विजेताले ५० हजार रुपियाँ पुरस्कार पाउने भएको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधनको तयारी भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा शनिबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
बागलुङ नगरपालिका–४, कुँडुले फेँदी । खाद्यान्न उत्पादनका हिसाबले उर्वर मानिने यस ठाउँमा पछिल्लो समय बस्ती विस्तार हुँदै गएको छ ।
थाइल्यान्डको मन्त्रिपरिषद्ले शनिबार उपप्रधानमन्त्री फुमथम वेचायाचाईलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन् । यो निर्णय अदालतको निर्णय पछिको कदम हो ।
नेपाल यसअघि पहिलो लेगमा भारतसँग ७–० गोलले पराजित भएको थियो । दुई खेलमा भारतसँग १२ गोल खाँदा नेपालले एउटा पनि गोल फर्काउन सकेन ।
सिन्धुली जिल्लामा नवलपुर–चिसापानी रणनीतिक सडक निर्माणले गति लिन सकिरहेको छैन।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ ।
युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख काया कालासले गाजामा जारी द्वन्द्वको सन्दर्भमा इजरायलविरुद्ध प्रतिबन्ध लगाउने विषयमा सदस्य राष्ट्रबिच एकमत नहुँदा तत्काल कुनै ठोस निर्णय लिन सकिने अवस्था नरहेको स्पष्ट पार्नु भएको छ ।
थाइल्यान्डको अदालतले प्रधानमन्त्री पाटोङ्गटार्न शिनावत्रलाई पदमुक्त गरेपछि थाइल्यान्डको सरकारको नेतृत्व सङ्कटमा परेको छ ।
भारतको जम्मु र कश्मीर क्षेत्रमा अत्यधिक वर्षा भएको कारण आएको बाढीले कम्तीमा ११ जनाको ज्यान लिइसकेको छ, जसमा चार बालबालिका पनि छन् ।