• ७ पुस २०८२, सोमबार

हाडनाता करणीका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

blog

शंकर केसी,
सल्यान, पुस ७ गते ।
जिल्ला प्रहरी कार्यालय सल्यानले हाडनाता करणी र सवारी ज्यान मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ । हाडनाता करणीका दुई फरार प्रतिवादी १२ वर्षपछि र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला अदालत सल्यानको २०७० पुस १८ गतेको फैसला अनुसार कैद सजाय तोकिएका हाडनाता करणी मुद्दाका फरार प्रतिवादी दार्मा गाउँपालिका–१ निवासी ३८ वर्षीय चक्रबहादुर खड्का र सोही ठाउँ निवासी ३९ वर्षीय बिमला खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाँकेको नेपालगन्जबाट पक्राउ परेका चक्र बहादुरलाइ अदालतले एक महिना १५ दिन र बर्दियाको बासगढीबाट पक्राउ परेकी बिमलालाई ६ महिना कैद सजाय तोकेको थियो ।

त्यसैगरी जिल्ला अदालत सल्यानको २०८१ पुस २१ को फैसला अनुसार तीन वर्ष कैद र ३२ हजार रुपियाँ जरिवाना तोकिएको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी शारदा नगरपालिका–१० निवासी ३२ वर्षीय मेघराज कँवर पनि श्रीनगर बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देव राज भट्टराईले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा फरार प्रतिवादीहरुलाइ पक्राउ गरिएको उनको भनाइ छ ।