स्थानीय युवाहरूले धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजार आसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झण्डा स्थापना गरी निक्कै सुन्दर बनाएका छन् ।
विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपि प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।
बाढीपहिरोपछि जिल्लाको मुख्य राजमार्ग तथा वैकल्पिक मार्ग र पुलमा ठुलो क्षति भए पनि सरकारले पुनर्निर्माण नगरेको भन्दै इलामवासीले थालेको आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन् ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत छेकाम्पारमा पर्यटन तथा वनपैदावर चेकपोस्ट स्थापना गरिएको छ । मनासलु संरक्षण क्षेत्र आयोजना गोरखाका अनुसार आइतबारदेखि उक्त चेकपोस्ट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
हिमा गाउँपालिका–१ बड्कीस्थित कालिका माध्यमिक विद्यालयमा स्थापना गरिएको विज्ञान प्रयोगशालाले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई सहज बनाएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिका–३, धवलागिरि चोकमा १७ वर्षीय ईशान शर्मा पौडेलेको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न स्थानीयले माग गरेका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो ।
गए राति अटो दुर्घटना हुँदा रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी राजमार्गअन्तर्गत मुसिकोट नगरपालिका १ खलङ्गाबाट सानिभेरी गाउँपालिकातर्फ गइरहेको अन टेस्ट अटो सानिभेरी गाउँपालिका ९ को खारखोलामा दुर्घटना भएको हो ।
सप्तरीको राजगढ गाउँपालिकामा घुरबाट आगो सल्किएर साडीमा लाग्दा जलेर एक वृद्ध महिला गम्भीर घाइते हुनुभएको छ ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने नागरिकका लागि लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा एकाइ पछिल्ला वर्षमा जीवनरक्षक बनेको छ । अस्पतालको सामाजिक सेवा एकाइले दुई वर्षमा झन्डै पाँच करोड रुपियाँ बराबरको सहुलियत उपचार उपलब्ध गराएको दाबी गरिएको छ ।
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, उपाध्यक्ष एवम् पूर्व मन्त्री ध्रुवबहादुर प्रधानले वर्तमान सङ्घीय ढाँचा र प्रादेशिक संरचना देशको अर्थतन्त्र र व्यवस्थाका लागि “ठुलो भारी’’ भएको टिप्पणी गर्नुभएको छ ।
यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका छ वटामध्ये चार वटा पुलको निर्माण पूरा भएको छ । निर्माण पूरा भएका पुलमा एप्रोच सडक निर्माण धमाधम भइरहेको छ भने हुग्दी
दाङको घोराही उपमहानगरपालिका अन्तर्गत रहेको बबई नदीको पुल बाढीले क्षति गरेको डेढ वर्षभन्दा बढी भइसक्दासमेत मर्मत हुन सकेको छैन । घोराही–धारापानी सडकखण्ड अन्तर्गत पर्ने बबईको उक्त पुल मर्मत नहुँदा सवारी आवागमनमा समस्या हुने गरेको छ ।
जलवायु परिवर्तन, वायु तथा जल प्रदूषण, वन विनाश, जैविक विविधताको ह्रास र प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनका कारण पर्यावरण संरक्षण विश्वव्यापी साझा सरोकारको विषय बनेको छ । यस्ता चुनौतीले मानव अस्तित्वमै खतरा बढाइरहेको सन्दर्भमा वातावरण जोगाउने जिम्मेवारी राज्यदेखि आमनागरिकसम्म सबैको साझा दायित्व भएकोमा सरोकारवालाले जोड दिएका छन् ।
निर्माण कम्पनीको लापर्बाही र बेवास्ताले बाँकेको जानकी गाउँपालिकाको प्रशासनिक भवन निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ । २०७९ सालमा निर्माण पूरा गर्नुपर्ने सो भवन अझै अधुरो छ ।