पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो केन्द्रमा एक सय १५ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै राजधानी काठमाडौँ आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिने गरेका छन् ।
मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ ।
सङ्घीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौँडामा मीना कुमारी लामा पहिलो महिला नगर प्रमुख हुनुहुन्छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट २३ हजार ७५ मत ल्याएर उहाँ नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अनन्त प्रसाद पौडेललाई दुई हजार १६७ मत अन्तरले पराजित गर्दै हेटौँडाको पहिलो म
यहाँका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थाल्नुभएको हो ।
नेपालमा भूमि वितरण न्यायोचित छैन । मुलुकमा हाल ११ लाखभन्दा धेरै भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासी छन् । उनीहरूलाई न्यूनतम भए पनि भूमि वितरण गरी जग्गाको मालिक बनाउनुपर्र्ने छ । भूमि वितरणलाई न्यायोचित बनाउन सरकारले लामो गृहकार्य गरेर भूमि विधेयक ल्याएको छ । सुकुमवासी, भूमिहीनले जग्गा पाउने विषय मौलिक हक हो । सुकुमवासी, भूमिहीनको नाममा भूमाफियालाई पोस्ने काम गर्नु हुँदैन ।
वर्तमान प्रहरी महानिरीक्षकको समयावधि भदौ १८ गते सकिँदै छ ।
सङ्घीयता नेपालको शासन व्यवस्थाको आधारशिला हो ।
मानिस सामाजिक प्राणी हो । ऊ सामाजिक सम्बन्धका जालाले चारैतिरबाट बेरिएको हुन्छ । मानव जातिलाई प्रकृतिले जुन उच्च चेतना प्रदान गरेको छ, त्यसकै बलमा उसले अरू जीवजन्तुभन्दा पृथ्वीमा विशिष्ट र उच्च स्थान हासिल गरेको हो ।
पुस्तकालय भन्नासाथ पुस्तकको घर वा किताबको सङ्ग्रह भन्ने बुझिन्छ ।
पढाइ जीवन परिवर्तन गर्ने शास्त्र हो । पुस्तकबिनाको जीवन निरर्थक हुन्छ र जीवनको कुनै महत्व रहँदैन । पुस्तकबिनाको जीवनले ढुङ्गे युगको स्मरण गराउँछ । समाजमा आज जे जति विकास परिवर्तन भएको छ, त्यसमा पुस्तकको ठुलो देन छ । पु
नेपालमै पहिलो पटक गजल, सङ्गीत र ललितकला उत्सव सम्पन्न भएको छ । गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा क्रियाशील गोल्डेन क्रियसनको आयोजनामा उक्त उत्सव भएको हो । उत्सवमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सहकार्य गरेको थियो ।
भक्तपुर विकास सहयोग सङ्घले सगरमाथा आरोही, गायक तथा खेलाडीलाई राजधानीमा शनिबार सम्मान गरेको छ । सम्मानित हुनेमा सगरमाथा आरोही कल्पना महर्जन, गायक सत्यनारायण मानन्धर र खेलाडी पलेशा गोवर्धन हुनुहुन्छ ।