दोस्रो विश्व ध्यान दिवसको अवसरमा आइतबार लन्डनस्थित नेपाली दूतावासमा ध्यान शिविर आयोजना गरिएको छ।
ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरासुन्दरी माध्यमिक विद्यालयले हात पारेको छ ।
चामेमा रहेको लोकप्रिय आवासीय विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा टेवा पुर्याउने उद्देश्यले पाँच लाख ५० हजार रुपियाँ बराबरका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
नेपालगन्ज–गुलरिया सडक विस्तारको क्रममा अन्यौलग्रस्त रहेको धम्बोझीस्थित खजुरारोड विस्तारका लागि नेपालगन्ज उपमहानगरपालिकाले पहल अघि बढाएको छ ।
कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने साइकल अहिले विस्थापित हुने अवस्थामा पुगेको छ । प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको व्यस्तताका कारण साइकलको प्रयोग दिनप्रतिदिन घट्दै गएको हो ।
बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसिनाले कडा प्रतिक्रिया दिनुभएको छ । उहाँले अवामी लिगबिनाको चुनावलाई वास्तविक निर्वाचन नभई ‘राज्याभिषेक’ को संज्ञा दिनुभएको छ ।
सप्तरीमा एक सातादेखि बढेको चिसोले यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक जाडोसँगै चलेको चिसो हावाले सदरमुकाम राजविराजसहित ग्रामिण भेगका जनजीवन प्रभावित बनेको हो ।
स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन् ।
जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ सामुदायिक स्वास्थ्य शाखामा कार्यरत रामलाल गुरूङ कठ्याङ्ग्रिँदो जाडोमा स्थानीयको स्वास्थ्य परीक्षणमा व्यस्त हुनुहुन्छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्व कार्य तर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको बताउनुभएको छ ।
रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । विक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कासि आगलागी भएको हो ।
राष्ट्रिय किताबखानाले तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने बताएको छ ।
उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडो बढेसँगै फेरि सुनसान बन्दै गएका छन् ।
नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर एक लाख (झण्डै एक करोड ३० लाख रुपियाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको छ ।