शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गर्नुभएको छ ।
शारदा नगरपालिका वडा नम्बर ९ नयाँ बस्तीका कृषक जीवराज वोहराले लामो समयदेखि व्यावसायिक टिमुर खेती गर्दै आउनुभएको छ ।
गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँले यस प्रदेशमा विशेष महत्वका साथ परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वले आपसी प्रेम, सदभावलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
रौतहटको जंगलसहिया साझेदारी वन क्षेत्रमा बाघ देखापरेको छ । साझेदारी वनको जंगलसहिया धनसर सडक क्षेत्र नजिक शनिबार बाघ देखा परेको जंगलसहिया सव डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत विनोद जेठाराले जानकारी दिनु भयो ।
मकवानपुरको फरक–फरक स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका –१० टौखेलमा भएको सवारी दुर्घटनामा घाइते भई उपचारको क्रममा टौखेल बस्ने ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको हो ।
पार्टी प्यालेसमा जानकीदेवी र मदनदासको पचासौँ विवाह महोत्सव भव्यताका साथ मनाइरहेको थियो । त्यस महोत्सवमा सहभागी हुन विदेशमा बस्ने छोराछोरी, ज्वाइँ, बुहारी, नाति, नातिना र उनीहरूका आफन्तहरू तथा साथी
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार साँझ स्विट्जरल्याण्ड प्रस्थान गर्नु भएको छ । मुख्यमन्त्री सिंहले स्विट्जरल्याण्डमा “अन्तर–सरकारी सहकार्य र संघीय प्रणालीमा प्रतिस्पर्धात्मकता” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अबधेश झाले सञ्चारकर्मीलाई जानकारी दिनु भएको छ ।
बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।
देउखुरी उपत्यकासहित कपिलवस्तु र रुपन्देहीका थारू समुदायले आज अट्वारी पर्व मनाउँदै छन । गत भदौ ८ गते न मनाएका थारू समुदायले आज अट्वारी मनाउन लागेका हुन् । यसअघि दाङ उपत्यकासहित, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू समुदायले भदौ ८ गते अट्वारी मनाएका थिए तर, देउखुरीसहित कपिलवस्तु र रुपन्देहीका थारू समुदायले तिजपछिको आइतबारलाई अट्वारी मनाउने चलन भएकोले आज अट्वारी पर्व मनाउन लागिएको लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले बताउनुभयो ।
जिल्लाको गलकोटका एक युवती गैरकानुनी रूपमा विदेश जाँदा हिंसामा परिन् । ती महिला पर्यटक भिसामा ओमान गएकी थिइन् । गैरकानुनी रूपमा घरेलु कामदार बस्दा हिंसामा परेर ती महिलाले धेरै दुःख पाइन् । हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन त सकियो तर राहत, बिमा रकम र अन्य सेवा भने पाउन सकिनन् ।
पुतलीबजार नगरपालिका पौवेगौँडेका ८५ वर्षीय बलबहादुर थापाले बुढेसकालमा छोराको अनुहार हेरेर मर्ने रहरमा बाँचिरहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले अन्तर्राष्ट्रिय बेपत्ता दिवसमा शनिबार पुतलीबजार नगरपालिकामा आयोजना गरेको कार्यक्रममा थापाले सरकारको काम गर्ने क्रममा छोरा लोकबहादुर थापा २०६१ भदौ ८ गते सिन्धुपाल्चोकबाट हराएको बताउनुभयो ।
मदन भण्डारी राजमार्ग अन्तर्गतको सिमलटारी–मच्छी खण्डको काम अलपत्र परेको छ । गुल्मी पश्चिमको सिमलटारीदेखि प्युठानको मच्छीसम्मको ३१ किलोमिटर सडकमध्ये सौतामारेसम्मको १६ किलोमिटर गुल्मीमा पर्छ ।
तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको रक्षाचौरमा एकै परिवारका चार जना दृष्टिविहीन छन् । रक्षाचौर गणेश टोलमा बस्दै आउनुभएका रूपा गन्धर्वका चार सन्तान नै दृष्टिविहीन छन् । २०६८ सालमा श्रीमान्ले दृष्टिविहीन सन्तान जन्माएको भन्दै घरबाट निकालेपछि रूपा चार जना सन्तान लिएर एक्लै बस्दै आउनुभएको छ ।
सिन्धुली जिल्लाको नवलपुर–चिसापानी रणनीतिक सडक निर्माणले गति लिन सकेको छैन । नेपाल सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजना अन्तर्गत ६८ किलोमिटर लम्बाइको नवलपुर–चिसापानी सडक पाँच वर्षअघि निर्माण सुरु गरिएको हो