शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ , पुस ७ गते । नेपाल भाषा सफू गुथिको साधारण सभा एक कार्यक्रम आयोजना गरेर सम्पन्न गरिएको छ । समाजसेवी, शिक्षाविद्, साहित्यकार हितकरवीर कंसाकारको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा कंसाकारले सफू गुथिले लेखक र पाठकबिच गर्दै आएको पुलको कार्य अति आवश्यक र प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल भाषाका धर्मादित्य धर्माचार्य, चित्तधर हृदय, निष्ठानन्द वज्राचार्य, सिद्धिदास अमात्य, जगतसुन्दर मल्द, योगवीरसिंह कंसाकारलाई स्मरण गरिएको थियो । कार्यक्रममा नेपाल भाषा मंकाः खलःका अध्यक्ष रमेशमान पियाले नेपाल भाषा साहित्य विकासका लागि सफू गुथि र मंकाः खलः काँधमा काँध मिलाई सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।