• ७ पुस २०८२, सोमबार

जावलाखेल र मच्छिन्द्रको फराकिलो जित

blog

बल खोस्ने प्रयास गर्दै जावलाखेल र सातदोबाटोका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, पुस ७ गते । जावलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा फराकिलो जित निकालेका छन् । 

एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई ४–२ गोलले हरायो । अर्को खेलमा मच्छिन्द्रले हिमालयन सेर्पा क्लबलाई ६–१ गोलले स्तब्ध बनायो । 

जितसँगै मच्छिन्द्र २३ खेलबाट ५२ अङ्कसहित शीर्षस्थानमा छ । एक खेल कम खेलेको नेपाल पुलिस क्लबको ४९ अङ्क छ ।