रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित शिखर सम्मेलनमा आफ्ना सहयोगीहरूसमक्ष युक्रेनमाथिको आक्रमणको बचाउ गर्दै पश्चिमी मुलुकलाई साढे तीन वर्ष लामो युद्ध सुरु गराएको आरोप लगाउनुभएको छ ।
आइतबार स्थानीय बजारमा प्रतितोला रू. दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू एक हजार सात सय बढेको हो । आज सुन प्रतितोला रू दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
कालापैराखोलामा आएको भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि एकजना ज्येष्ठ नागरिक गम्भीर घाइते हुनुभएको छ ।
नवलपरासी पश्चिमस्थित वर्दघाट बजार क्षेत्र नजिकै रहेको चुरे क्षेत्रमा जनश्रमदानबाट बर्दघाट हिलपार्क निर्माण कार्य सुरु भएको छ ।
कैलाली प्रहरीले नौ ग्राम २३० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनामस्थित सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगाएको छ । गएराति परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले पावर हाउसको स्काभेटर र टिप्पर बगाएको हो ।
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबिच मुटुरोग उपचारमा सहकार्य हुने भएको छ ।
प्रशासनिक पुनर्संरचनालाई अघि बढाउँदै गण्डकी प्रदेश सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) प्रतिवेदन पारित गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओएनएम प्रतिवेदन पारित गरेको हो ।
खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन । नेपालमा रोगीको सङ्ख्या डरलाग्दो किसिमबाट बढिरहेको छ । नयाँ नयाँ रोग देखा परिरहेका छन् । केही रोगको त कारणसमेत पत्ता लगाउन सकिएको छैन । यस्ता रोग र रोगीको सङ्ख्यामा वृद्धिको एउटा कारण हुन सक्छ हाम्रो खानपान संस्कृतिमा आएको परिवर्तन ।
शैँलाई लक्षित गरी यसवर्ष मुस्ताङबाट १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी हुने भएको छ ।
खेलकुदमा इच्छाशक्ति अति महत्वपूर्ण हुन्छ । जस्तै मै हुँ भन्ने खेलाडीमा पनि इच्छाशक्ति भएन भने उसले खेल्नै सक्दैन ।
बागलुङमा आइतबारदेखि एन्फा यू १४ अन्तर विद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।
चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपाङ्गता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको छ ।