कोशी राजमार्गको धरान–धनकुटा राजमार्ग सडक खण्डस्थित धनकुटा नगरपालिका–७, जिरो प्वाईन्टमा खाद्यान्न बोकेको ट्रक दुर्घटना भएको छ । ट्रक अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो ।
नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।
लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ ।
हिमाली जिल्ला दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुगाउँमा सौर्य ऊर्जामार्फत विद्युत्को आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको जनश्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनी ग्रिड सञ्चालन गरिएको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका सिनियर इन्जिनियर अमानुवलहक अन्सारीले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा सामुदायिक संरचनाहरु निर्माणको क्रम वढिरहेको छ । २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पले क्षतिग्रस्त सामुदायिक तथा व्यक्तिगत संरचनाहरु निर्माणमा विभिन्न विकास साझेदारहरुले सहयोग गरिरहेका छन् ।
आज यहाँ शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित जिल्लास्तरीय पार्टी एकता सन्देश सभामा उहाँले नेपाली जनताको अधिकारलाई बलियो बनाउने सङ्कल्पका साथ पार्टी अगाडि बढेको बताउनुभयो ।
सालपा विकास बैंकले सर्वसाधारणका लागि यही पुस १६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) जारी गर्ने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए पनि मुलुकले निकास नपाउने बताउनुभएको छ ।
सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो ।
बाँके, फूलजोर र लखन्देही खोलामा पुल नहुँदा सर्लाहीको एक दर्जन बढी पालिकाका बासिन्दा जहिल्यै सास्ती खेप्न बाध्य छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढीपहिरोले झरनालाई क्षति पुर्याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो ।
जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ्गाल सोमबार बेलुका फेला परेको हो ।
जाडो बढ्दै गएपछि रौतहटको गौर नगरपालिकाले विद्यालयमा बिदा दिएको छ । केहि दिनदेखि अत्यधिक जाडो बढेको भन्दै पुस ८ देखि ११ गतेसम्म चार दिन विद्यालयमा जाडो बिदा दिएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताउनुभयो ।
प्रतिबन्धित लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ ।