लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उहाँहरुको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको मुख्यमन्त्री आचार्यले बताउनुभएको हो ।
जुम्लाको गुठीचौर गाउँपालिका–१ की दुर्गा बस्नेत गम्भीर स्वास्थ्य समस्याबाट पीडित हुनुभएको छ । उपचारका लागि आवश्यक आर्थिक स्रोत अभाव हुँदा उहाँको उपचारमा समस्या उत्पन्न भएको छ । केही समयदेखि दुर्गाको शरीरका विभिन्न भागमा गम्भीर सङ्क्रमण देखिएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा ६० मतदानस्थल र ६४ वटा मतदानकेन्द्र निर्धाण गरिएका छन् । यसमा दुई वटा मतदानस्थल र नयाँ चार वटा मतदान केन्द्र थपिएका हुन् ।
जन्मँदै पाँच किलोको टाउको भएका यहाँका एक बालकको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । शल्यक्रिया गरेर जन्मेका बालकलाई थप उपचारका लागि चिकित्सकले रेफर गरे पनि गरिबीका कारण बालकका आ
दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालनको अन्तिम तयारी थालिएको छ । नेपालको महाकाली नगरपालिका–८, असिगडा र भारतको धारचुला तहसिल अन्तर्गत पर्ने छारछुम क्षेत्रमा निर्माण गरिएको ११० मिटर लम्बाइ भएको दुई लेनको सो मोटरेबल पुल सञ्चालनको अन्तिम तयारी भइरहेको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिनुभयो ।
कैलालीको धनगढी उपमहागरपालिका–१३, कैलाली गाउँका मानबहादुर चौधरीको खेत धनगढी विमानस्थल नजिकै छ । उहाँको खेतमाथिबाट दैनिक हवाईजहाज ओहोरदोहोर गरिरहन्छ । खेतमा काम गर्न जाँदा सधैँ जहाज उडेको हेरिरहने उहाँकी साइँली छोरी टीकाले एक दिन प्रस्ताव राख्नुभयो, “बाबा, म पनि जहाज उडाउने पाइलट बन्छु ।”
नेपाली कांग्रेस रौतहटले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ युवा उम्मेदवारका रूपमा नितेशकुमार गुप्ताको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मधेश प्र
जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउदै आएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । राति राति गाउँमा आउने र दिउँसो जङ्गलमा लुक्ने गरेको हात्तीको समूहले स्थानीयका दर्जनभन्दा बढी घर भत्काउने, अन्न खाइदिने र फलपूmल नष्ट पारिदिने गरेको हात्तीपीडितको भनाइ छ । छ वटा समूहमा रहेका र फरक फरक ठाउँबाट गाउँ पसेका हात्तीले त्रियुगा नगरपालिका–५, बेलचौरी; वडा नं. ६ को मोहनपुर तथा ७ को चकलघाट क्षेत्रमा ठुलो नो
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
महोत्तरीको इलाका प्रहरी कार्यालय बर्दिवासले स्थापना भएको करिब चार दशकपछि औपचारिक रूपमा आफ्नै नाममा जग्गा प्राप्त गरेको छ । पञ्चायतकालमै स्थापना भएको यस कार्यालयले लामो प्रयासपछि जग्गा भोगाधिकारको प्रमाण–पत्र पाएको हो ।
सुनसरीका तमु समुदायहरु आफ्नो मौलिक पहिचानको संरक्षण र संवर्धनमा लागि परेका छन् । बौद्ध धर्म मान्ने तमुहरु आफ्नो मौलिक पहिचानलाई जोगाइ राख्न तमु समुदायका अगुवाहरु लागि परेका हुन् ।
मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघमा उखु पेल्ने चलन छ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ ।