हिमाली क्षेत्रमा हिउँदयाम सुरु भएपछि डढेलोको जोखिम थपिँदै जाने क्रममा मनाङका विभिन्न बस्तीमा वनडढेलोसम्बन्धी एकदिने समुदायस्तरका सचेतना गोष्ठी सम्पन्न गरिएको छ । हालै मनाङका नासोँ र चामे गाउँपालिका क्षेत्रमा आयोजित गोष्ठीमा स्थानीय बासिन्दालाई डढेलोका कारण, प्रकार, सम्भावित जोखिम र नियन्त्रणका उपायबारे विस्तृत जानकारी गराइएको हो ।
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ ।
प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि रुपन्देहीमा कांग्रेसका पुरानै उम्मेदवार सिफारिसमा परेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि रुपन्देहीबाट गरेको सिफारिसमा अधिकांश पुरानै उम्मेदवारको नाम सिफारिसमा परेको हो ।
गोरखाको बुढीगण्डकी नदीमा थप दुई ठुला जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । नौलो नेपाल हाईड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बुढी गण्डकी ‘क’ र बुढी गण्डकी ‘ख’ नामक दुई आयोजना विकास गर्न लागेको हो ।
लुम्बिनी प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणा गरिने भएको छ । साक्षर प्रदेश घोषणाका लागि मापदण्ड पूरा गरेपछि यही पुस १३ गते प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणा गरिने भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिकको स्वास्थ्य सेवा निःशुल्क बनाउनुपर्ने बताउनुभएको छ ।
पश्चिम नवलपरासी जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूले काठ चिरानका क्रममा करोडौँ मूल्य बराबरको काठ घोटाला गरेको आशङ्का स्थानीयले गरेका छन् ।
भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ/छैन यकिन गर्न सकिने जानकारी दिनुभयो ।
स्थानीय युवाले धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारआसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा स्थापना गरी निकै सुन्दर बनाएका छन् । परिवर्तनका लागि युवा नामक
इस्मा गाउँपालिका–१ को विपि पार्क खेल मैदानमा सञ्चालन भएको छैठौँ फोर्टिन स्टार कप अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगीतामा चार विद्यालय सेमिफाइलमा प्रवेश गरेका छन् ।
नेपालको मौलिक पहिचान बनेको हात्तीपोलो खेल लोप हुने अवस्थामा पुगेको छ । पर्यटकीय नगरी सौराहामा शुक्रबारबाट सुरु हुन लागेको हात्ती महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला विश्वमै निकै महìवपूर्ण मानिएको हात्तीपोलो खेल लोप हुने चिन्ता व्यक्त गरिएको हो ।
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक अत्याधुनिक दूरविन प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेपछि यहाँका गाउँबस्तीमा चुनावी चहलपहल बढेको छ । उम्मेदवारको सिफारिसदेखि लिएर नेताहरूले जनतासँग भेटघाट पनि सुरु गरिसकेका छन् ।
कोशी प्रदेशकै उत्कृष्ट र नमुना बनाउने उद्देश्यले आठ वर्षअघि निर्माण सुरु भएको उदयपुरको सदरमुकाम गाईघाटस्थित ‘मदन भण्डारी सभागृह’ अझै सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासु
कर्णालीमा दर्जनभन्दा बढी बालगृह सञ्चालनमा छन् । ती बालगृहले कानुनी मापदण्ड पूरा गरेका छैनन् । प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका बालगृहमा हजारौँ बालबालिका आश्रित छन् ।