नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनु भएको छ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रवर्धन गर्न अन्तरप्रदेश अन्तरक्रियाको आयोजना गरिएको छ । नेपाल एसोसियएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना, नाट्टा बाँकेको समन्वय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धकत्वमा बिहीबार नेपालगन्जमा सो कार्यक्रम आयोजना गरिएको हो ।
पछिल्लो समय गुल्मीका स्थानीय तहमा साहसिक खेलप्रतिको आर्कषण बढ्दै गएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताउनु भएको छ ।
च्यासल रङ्गशालामा बिहीबार भएको खेलमा स्टुडेन्स फुटबल क्लबलाई ४–१ गोलले हराउँदै आरएस स्पोर्ट्स क्लब लिगमा छनोट भएको हो ।
बाँकेमा जापानिज इन्सेफलाइटिसबाट एक बालकको मृत्यु भएको छ ।
चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) को अवसरमा सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको चितवन, मकवानपुर र धादिङ जिल्लाभर भदौ २२ गते आइतबार चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।
पशु चौपायामा संक्रमणका रुपमा फैलिरहेको ‘लम्पी स्किन’ रोग रोकथामका लागि दाङमा खोप लगाउन सुरु गरिएको छ ।
लुम्बिनी प्रदेशमा पहिलो निजामती सेवा दिवसमा १० किलोमिटरको लामो रोड रेससहित विविध कार्यक्रम आयोजना गरिने भएको छ । भदौ २०, २१ र २२ गते विविध कार्यक्रम आयोजना गरेर दिवस मनाइने भएको हो।
ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा बुधबार राति भएको खेलमा नेपाल ताजिकस्तिानसँग ४–० गोलले पराजित भयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय सचिवालय बैठक बसेको हो ।
चीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द हुने भएका छन् । मन्त्रिपरिषद् बैठकले सात दिनका लागि दिएको समयमा सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातामन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताउनुभएको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको ‘आफैँ, पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ ।
जुम्लामा उत्पादन हुने स्याउको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक काठमाडाैंमा ‘कर्णाली स्याउ उत्सव’ हुने भएको छ ।