राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिनुभएको केही हप्तापछि अमेरिकी सेनाले क्रिसमसको दिन इस्लामिक स्टेट (आइएस) समूहका लडाकूविरुद्ध ‘शक्तिशाली र घातक’ सैन्य आक्रमण सुरु गरेको बताइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।
भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।
पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोही मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् ।
नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि. भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ ।
विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ ।
क्याम्बोडियाले शुक्रबार थाइल्यान्डमाथि विवादित सीमा क्षेत्रमा आक्रमण तीव्र बनाएको आरोप लगाएको छ । दुवै देशका अधिकारी पाँचदिने वार्ता गर्दै थिए, जसको उद्देश्य झडप रोक्नु थियो ।
यातनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी पत्नी बुशरा बीबी खानको नजरबन्दको अवस्थाको आलोचना गर्दै उहाँको अवस्था अन्तर्राष्ट्रिय मापदण्डभन्दा न्युन रहेको बताउनु भएको छ ।
जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
समाजमा जकडिएर रहेको दाइजो प्रथा र यसबाट सिर्जित हिंसा अन्त्यका लागि पश्चिम् नवलपरासीका मुस्लिम धर्मगुरु तथा मदरसाका शिक्षकहरूले संगठित अभियान सुरु गरेका छन्। दाइजोविरुद्ध सामूहिक प्रतिबद्धता समेत जनाएका छन्।
नेपाली सेनाले राष्ट्रि एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा पदयात्रा तथा दौड प्रतियोगिता गर्ने भएको छ ।
आसन्न निर्वाचनका लागि जिल्लामा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् । यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन् ।