आर्थिक वर्ष सुरु भएको डेढ महिना बितिसक्दा पनि बागमती प्रदेश सरकार अन्तर्गत जिल्लामा रहेका सरकारी कार्यालयले विनियोजन भएको योजनाको काम सुरु गर्न सकेका छैनन् ।
जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।
नवलपुरमा जापनीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु भएको छ । १४ जना सङ्क्रमित भएका छन् । संक्रमितमध्ये दुई जना अझै पनि अस्पतालमै उपचाररत छन् भने बाँकी निको भएर घर फर्केका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ ।
आज अन्तरराष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गर्नुभएकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ ।
सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आयुर्वेदिक पद्धति हाम्रो प्राचीन पहिचान भएको बताउनुभएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौँडाको बिहीबार निरीक्षण गर्दै उहाँले आयुर्वेदिक सभ्यतासँग जोडिएको स्पष्ट पार्नुभयो ।
मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका रूपमा विकास र विस्तार गर्ने अभियान सुरु गरिएको छ ।
बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले कार्यान्वयन गरेका एक हजार वटा योजनामध्ये सात सय ७८ वटा रु पाँच लाखभन्दा कम बजेटका हुन् ।
हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । उहाँले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिनुभएको हो ।
गुल्मीमा निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ । यस जिल्लामा ‘व्यावसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मुख्य नारासहित आज (शुक्रबार)देखि भदौ २२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस–२०८२ मनाउन लागिएको हो ।
हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो ।
सिन्धुपाल्चोककै सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलबिद्युत आयोजनाले भदौ अन्तिम सातादेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने भएको छ । भदौ १६ देखि उसले परीक्षण रुपमा विद्युत उत्पादन सुरु गरेको छ ।
महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन् । यो २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको आँकडा हो ।