अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर युरोपेली मुलुकसँग चीनमाथि आर्थिक दबाब सिर्जना गर्न आग्रह गर्नु भएको छ ।
नबिल बैङ्काका सिइओ मनोजकुमार ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकास गर्नुपर्ने बताउनुभएको छ ।
इरानका सुरक्षा प्रमुख अली लारिजानीले इरान अमेरिकासँग आणविक वार्ताका लागि तयार रहेको बताउनु भएको छ । “अमेरिकासँग वार्ताको बाटो बन्द भएको छैन ।
इजरायली कब्जा बलले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा हवाई आक्रमण गर्दा १४ जना प्यालेस्टिनीको मृत्यु हुनुको साथै घाइते भएको चिकित्सा स्रोतले जनाएका छन् ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र उहाँकी पत्नी ओम ताशी डोमासहितको भुटानी टोली शुक्रबार अयोध्या आइपुग्नु भएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रूससँगको सम्भावित युद्धविरामपछि युक्रेनलाई समर्थन गर्ने उद्देश्यले २६ देशको गठबन्धन घोषणा गर्दै प्रस्तावित सुरक्षा प्रणालीमा भाग लिने बाचा गर्नु भएको छ ।
जापानमा जुलाई महिनामा दुई वा सोभन्दा बढी सदस्य रहेको घरपरिवारको घरेलु खर्चमा १.४ प्रतिशतको वृद्धि भएको छ ।
आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै विपन्न नागरिकलाई प्रदान गरिँदै आएको आठ प्रकारका कडा रोगको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बिमामा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था लागू गर्नु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र त्यस अनुगामी संगठन अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको बताउनु भएको छ।
इरानका सुरक्षा प्रमुख अली लारिजानीले इरान अमेरिकासँग आणविक वार्ताका लागि तयार रहेको बताउनुभएको छ ।
ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकामा सहकारी शिक्षा तालिम सञ्चालन गरिएको छ। अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत मिक्वाखोलामा दुई दिने सहकारी शिक्षा तालिम सञ्चालन गरिएको हो।
गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ । हालसम्म यो खण्डको भौतिक प्रगति ५७.२३ प्रतिशत र वित्तीय प्रगति ४३.६३ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको ३७ करोडभन्दा बढीको सहकारी रकम हिनामिना, ठगी र संगठित अपराध सम्बन्धिको मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।