फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाको आयोजनामा पत्रकारहरुसँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली बृहत् शब्दकोश दसौँ संस्करण २०७५ मा आशा शब्दलाई चाहेको वस्तु पाउने इच्छा, अभिलाषा, चाहना तथा लोभ आदिका रूपमा अथ्र्याइएको छ । यसै गरी भरोसालाई कुनै काम, व्यवहार जस्ता कुरामा अरूबाट हुने भरको आशा वा विश्वास, आधार, आश्रय वा टेकोका रूपमा लिइएको छ । विश्वासलाई कुनै काम, कुरो, व्यक्ति, मत, नीति आदिप्रति हुने सत्यताको धारणा; दृढ आस्था
फागुन २१ गते सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागि छ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धौलागिरी क्षेत्रमा अथाह संभावना रहेको हुँदा उत्दापनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
विषेश गरी राडीपाखी उत्पादक उद्यमीहरुको गाउँको रुपमा अलग्गै पहिचान बनाएको छ । करिव एक सय घरधुरी रहेको यस गाउँका अधिकांस परिवार राडीपाखी उत्पादक छन् ।
थारू समुदायको महान् पर्व माघ (माघी) नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढ्न थालेको छ । गाउँदेखि सहरसम्म माघीलाई विशेष र भव्य रूपमा मनाउन थारू सङ्घ संस्थाले तयारी तथा छलफललाई तीव्रता दिएका छन् ।
बज्म–ए–उर्दु नेपालको आयोजनामा नेपालगन्जमा ‘सहर–ए–सुखन’ को नामबाट भव्य मुसायरा (कवि सम्मेलन) सम्पन्न भएको छ । उर्दु फाउन्डेसन नेपालका अध्यक्ष कपिलवस्तु निवासी चर्चित उर्दुका वरिष्ठ सायर सहर महमुदको सम्मानमा कार्यक्रम आयोजना गरिएको बज्म–ए–उर्दु नेपालका अध्यक्ष सर्वर नेपालीले बताउनुभयो ।
फोटो पत्रकार नवीनबाबु गुरुङको एकल फोटो प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्डमा गुरुङले ड्रोनबाट खिच्नुभएको तस्बिर प्रदर्शन गरिएको छ ।
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । व्यक्तिको जग्गा प्रसारण लाइनको मार्गाधिकार (राइटअफ वे) मा परेकोभन्दा बढी जग्गासमेत कित्ताकाट रोकिँदा जग्गाधनीको जग्गा बन्धक जस्तै बनेको समस्या यो सुधारले हटाउने भएको छ ।
अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि २० अर्ब रुपियाँको स्रोत सहमति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानबालीका लागि मल खरिद गर्न थप बजेट माग गरेकोमा २० अर्ब ४७ करोड रुपियाँको स्रोत सहमति दिएको हो ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि बजेट कार्यान्वयनको गति बढाउन सकेको छैन । यस वर्ष पनि विकास बजेट खर्च निराशाजनक नै छ ।
उपत्यकामा सञ्चालित अधिकांश साना तथा मझौला खाना, खाजाका होटेल तथा रेस्टुरेन्ट, फास्टफुड, बेकरीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता गरेको अनुगमनमा अधिकांशले न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको हो । विभागले शुक्रबार गरेको अनुगमनमा ललितपुरको जली केक एन्ड पेस्ट्री र जिरी खिम्ती होटेल रेस्टुरेन्ट दर्ता नै नभएको पाइएपछि हरेकलाई १० हजार रुपियाँ जरिबाना गरेको जनाएको छ ।
अर्थतन्त्रमा देखिएको शिथिलताका बिच निर्जीवन बिमा कम्पनीको व्यापारमा उल्लेख्य विस्तार भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामै कम्पनीको प्रिमियम सङ्कलन १९ अर्ब ५८ करोड रुपियाँ पुगेको छ ।
ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गरी राहत उपलब्ध गराउन पहल गरिने भएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ ।