जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल क्षेत्रको आम्दानी उठाउने विषयमा विवाद बढ्दै गएको छ । विगतदेखि तालको संरक्षणमा काम गर्दै आएका सामुदायिक वन र सङ्घ संस्थासँग समन्वय नगरेका कारण नगरपालिकाले ठेक्का आह्वान गरेदेखि विवाद बढ्दै गएको हो । घोडाघोडी तालको आम्दानीलाई एकद्वार प्रणालीमा ल्याउन नगरपालिकाले ठेक्का दिएको थियो ।
कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा सुर्खेत विमानस्थलभित्र मानवीय सहायता तथा विपत् उद्वारका लागि पोखरी निर्माण गर्न लागेको छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेसको हाताभित्र निर्माण हुने पोखरीको शिलान्यास गर्नुभयो । सो पोखरीबाट आगलागीका घटनामा हेलिकोप्टरमार्फत पानी भरेर जङ्गलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने जनाइएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित लुम्बुक झरना चिसोले पहाडमै जमेको छ । समुद्री सतहदेखि ४,५०० मिटर अग्लो विशाल चट्टानको पहाडबाट निरन्तर खस्ने झरना मुस्ताङमा चिसो बढेसँगै अहिले जमेको हो ।
हुम्लाबाट नेपालगञ्ज झर्ने हवाई यात्रुहरु यतिबेला चार्टर उडानको भाडा तीर्न बाध्य हुँदै आउनुभएको छ । जाडोका कारण नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थल जाने यात्रु नहुने र भए पनि कम हुने भएका कारण नीजि एयरलाइन्सहरुले चार्टर उडानको भाडा लिने गर्दै आएका हुन् ।
बाँकेको फोटोसहितको मतदाता नामावलीमा ९९३ जनाको दोहोरो नाम फेला परेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको हो ।
महोत्तरी जिल्लाका विभिन्न बजार क्षेत्रमा सञ्चालनमा रहेका अधिकांस एग्रोभेट पसलहरू बिना अनुमसत तथा अव्यवस्थित रूपमा सञ्चालनमा रहेको पाइएको छ ।
नेपाली साहित्यको क्षेत्रमा सुन्दरप्रसाद शाह दुःखी (विसं १९८८–२०७२) समसामयिक स्थिति र घटनाबिचको पारस्परिक सम्बन्धमाथि गहन चिन्तन र विश्लेषण गर्ने एउटा अत्यन्त कुशल साहित्यकारका रूपमा स्थापित हुनुहुन्छ ।
भोक्राहानरसिंह गाउँपालिका–७ का ६६ वर्षीय शिवचरण ठाकुरले आफ्नो बाबुबाजेको कपाल काट्ने पुख्र्याैली पेसा धान्दै विगतको जस्तै बालीघरे प्रथाको संस्कृति जोगाउँदै आउनुभएको छ । उहाँले न
संसद् अधिवेशन सञ्चालन गर्नका लागि सभा हल नहुँदा बैठक कहाँ कसरी सञ्चालन गर्ने भन्ने विषयमा कोशी प्रदेश सभाको सचिवालय चिन्तामा परेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री
शिक्षा प्रणालीको विकेन्द्रीकरण र सङ्घीयता कार्यान्वयनसँगै नेपालको विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रमको अवधारणाले महत्वपूर्ण स्थान पाएको छ । राष्ट्रिय पाठ्यक्रमको विशाल परिधिभित्र समेटिन नसक्ने
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाको आयोजनामा पत्रकारहरुसँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली बृहत् शब्दकोश दसौँ संस्करण २०७५ मा आशा शब्दलाई चाहेको वस्तु पाउने इच्छा, अभिलाषा, चाहना तथा लोभ आदिका रूपमा अथ्र्याइएको छ । यसै गरी भरोसालाई कुनै काम, व्यवहार जस्ता कुरामा अरूबाट हुने भरको आशा वा विश्वास, आधार, आश्रय वा टेकोका रूपमा लिइएको छ । विश्वासलाई कुनै काम, कुरो, व्यक्ति, मत, नीति आदिप्रति हुने सत्यताको धारणा; दृढ आस्था