अर्थतन्त्रमा देखिएको शिथिलताका बिच निर्जीवन बिमा कम्पनीको व्यापारमा उल्लेख्य विस्तार भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामै कम्पनीको प्रिमियम सङ्कलन १९ अर्ब ५८ करोड रुपियाँ पुगेको छ ।
ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गरी राहत उपलब्ध गराउन पहल गरिने भएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ ।
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकारले फागनु २१ गतेका लागि तोकेको निर्वाचनका वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संवाद अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार तीन वटै दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ भने आज निर्वाचनको अन्तिम तयारी तथा दलहरूबिचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्नुहुने छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन वटा छुट्टाछुट्टै यातायात कार्यालयमा छापा मारी १४ जनालाई पक्राउ गरेको छ ।
सरकारले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । पुस ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
कतिपय स्थानीय तहले करारमा कार्यरत कर्मचारी हटाउँदा स्थानीय तहको सेवै ठप्प हुन थालेका छन् । स्थानीय तहका भेटरिनरी, कृषि प्राविधिक, इन्जिनियर, एम्बुलेन्स चालक, पालिकास्तरीय अस्पतालका नर्स, ल्याब टेक्निसियनलगायतका कर्मचारी हटाउँदा उक्त निकायबाट प्रदान गरिने सेवै ठप्प भएको हो । सरकारले स्वीकृत दरबन्दीभन्दा बाहिरका करारका कर्मचारी हटाउन तिनै तहका सरकारलाई आग्रह गरेपछि अहिले कतिपय स्थानीय तहमा करारका कर्मचारी हटाउँदा दैनिक अत्यावश्यक सेवा ठप्प भएका हुन् ।
सर्वोच्च अदालतले ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ का पदाधिकारीविरुद्धको रिट खारेज गरेको छ । सर्वोच्चको पूर्ण इजलासले शुक्रबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । पूर्ण इजलासले निर्देशनात्मक आदेश लिखित रूपमा भने सार्वजनिक गरेको छैन ।
स्थानीय अर्थतन्त्रको सशक्तीकरणका लागि युवा सहभागिता अपरिहार्य रहेको बक्ताहरुले बताएका छन् । नेपालगञ्जमा आज आयोजित नीति संवाद तथा कार्यशाला गोष्ठीमा सहभागीले यस्तो बताएका हुन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीमा शुक्रबार साँझ भएको आगलागीमा १६ महिनाका रेबेन्द्र जेठाराको जलेर मृत्यु भएको छ भने उहाँकी आमा बर्रा जेठारा घाइते हुनु भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका सबै खाले मानकहरूमा परिपक्व बन्दै सबै क्षेत्रमा खरो र जिम्मेवार ढङ्गले प्रस्तुत हुन सुझाव दिनुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ।
सरकारले पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय भएको हो।