हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर वायर्सले भारतीय ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) बाट गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा उत्पादन हुने विद्युतीय तार निर्यात गर्ने पहिलो उद्योगले बिआइएस पाएको हो ।
मध्य भोटेकोशी जलविद्युत् आयोजनाले भदौ अन्तिम सातादेखि व्यावसायिक उत्पादन गर्ने भएको छ । सिन्धुपाल्चोककै सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको आयोजनाले भदौ १६ देखि परीक्षण उत्पादन गरिरहेको छ ।
सरकारी स्वामित्वका नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले एकैसाथ नयाँ अध्यक्ष पाएका छन् ।
खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अबदेखि अनलाइनबाट गर्न सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य उद्योग दर्ता, सिफारिस, अनुमतिपत्र जारी र नवीकरणका सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको हो ।
दसैँलक्षित मुस्ताङबाट बाहिरिने भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण नगरे सीमाक्षेत्रमा रोकिने भएका छन् । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङले मुस्ताङमा उत्पादन भएकासहित तिब्बतलगायतका क्षेत्रबाट आउने भेडाच्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण गरेपछि मात्रै जिल्लाबाट बाहिर पठाउने जनाएको छ । केन्द्रका प्रमुख डा. लालमणि अर्यालले जोमसोममा ज्वरोलगायत शारीरिक परीक्षण गरेपछि मात्रै ७२ घण्टाभित्र थासाङ गाउँपालिकाको घाँसाबाट बाहिरिने गरी स्वास्थ्य परीक्षण कार्ड दिने बताउनुभयो ।
संसदीय सुनुवाइ समिति सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सुरक्षण मुद्रण केन्द्रले छाप्ने भनेको ३० लाखप्रति सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पनि ढिलाइ हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सूचीकृत हुन आह्वान गरेपछि एक्स (ट्विटर) सम्पर्कमा आएको छ । एक्सको सिङ्गापुर कार्यालयले सूचीकृत हुन सञ्चार मन्त्रालयलाई शुक्रबार इमेलमार्फत पत्र पठाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशनको पहिलो दिन आज विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ ।
कैलालीको कैलारी गाउँपालिकास्थित सप्तरङ्गी लघुउद्यमी समूहका महिलालाई ढकिया लगायतको हस्तकलाका सामग्री बनाउन भ्याइ नभ्याई भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–४, पशुपति टोलमा शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
वरिष्ठ थाई राजनीतिज्ञ अनुतिन चार्नविराकुल शुक्रबार संसदमा बहुमत मत प्राप्त गर्दै देशको नयाँ प्रधानमन्त्री बन्नु भएको छ ।
ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भइरहेको दोस्रो विधान महाधिवशेनमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले महासचिव शङ्कर पोखरेलले १०औँ राष्ट्रिय महाधिवेशनपछि ३० प्रतिशतले सङ्गठित सदस्य सङ्ख्या वृद्धि भएको जानकारी दिनुभयो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि युक्रेनमा तैनाथ हुने कुनै पनि विदेशी सेनालाई मस्कोको फौजले ‘वैध लक्ष्य’ मान्ने चेतावनी दिनु भएको छ ।