पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५ गरगरेमा शुक्रबार बिहान आगलागी हुँदा दुई करोड रूपियाँ बराबरको क्षति भएको छ ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नारीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर नेपालमै उपलब्ध भइरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको बन्दसत्र सुरुभएको छ । राष्ट्रिय धुन, नेकपाका संस्थापक पुष्पलाल, जनताको बहुलदीय जनवादको प्रणेता मदन भण्डारी, कम्युनिस्ट पार्टीको पहिलो निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी लगायत सहिदहरुको सम्झनामा उदघाटनसत्रमा शोकधुन बजाइएको थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ स्थित कालागाउँमा अवस्थित एसओएस बालग्राम ।
ठेकेदारले सडक निर्माणमा ढिलासुस्ती गरेपछि कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि सडकमा उत्रेका छन्।
प्रधानमन्त्री तथा नेकपा (एमाले्) का अध्यक्ष केपी शर्मा ओलीले देशको हितमा देखिने र सुनिने गरी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभएको छ । एमालेको दोस्रो विधान महाधिवेशनको उदघाटनसत्रमा शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।
सो एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अब अस्पताल वा सेल्टरसम्म पु¥याउन सहज हुने उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमले जानकारी दिनुभयो ।
रङ्गीन बजार र ऐतिहासिक दरबारका लागि प्रसिद्ध जयपुरको छेउमा रहेको एक औद्योगिक परिसर अहिले भारतको सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धामा अघि बढाउने केन्द्र बनेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय, कलंकी, ३ नं. नापी टोली पुरानो नैकापमा कार्यरत करार कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरलाई घुससहित नियन्त्रणमा लिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताउनुभएको छ । उहाँले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताउनुभयो ।
काठमाडौँ, भदौ २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।नेपाल कला परिषद्काे आयोजनामा नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्ने बताउनुभयो ।राष्ट्रपति पौडेलले भन्नुभयो, “लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । त्यसैले, प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्छ ।” उहाँले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवं गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणका लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताउनुभयो ।राष्ट्रपति पौडेलले नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीको ध्यान आकर्षित गर्न स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्नसके पर्यटकको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने धारणा राख्नुभयो । उहाँले नेपालका कलाकृति तथा सांस्कृतिक सम्पदाको ख्याति विश्वभरि नै रहेको उल्लेख गर्दै नेपाली सभ्यताको परिसूचकका रूपमा रहेका कला र संस्कृतिले विश्वमा विशिष्ट स्थान ओगट्न सफल हुनु गौरवको विषय भएको बताउनुभयो । नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “सदियौँ पुराना कला, संस्कृति तथा सम्पदाहरूको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने दायित्व सरकार, निजी संस्थासहित हामी सबैको हो । यस परिवेशमा नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा आयोजित यो महोत्सव उद्घाटन गर्न पाउँदा म हर्षित भएको छु ।”राष्ट्रपति पौडेलले सबैको सहकार्यले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशिला तयार हुने विश्वास व्यक्त गर्नुभयो । रासस
निजामती सेवा दिवस–२०८२ का अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षरोपण तथा सरसफाइ गरिएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घरोगीको सङ्ख्या थपिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
कर्णाली करिडोरअन्तर्गतको सिमकोट खार्पु सडक खण्डको सडक अवरुद्ध भएको छ । हुम्लामा नियमित रुपमा परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरू अवरुद्ध हुने क्रम बढ्दो छ ।