नेपालकै तेस्रो पर्यटकीय क्षेत्र सौराहामा शुक्रबारबाट चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ।
जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चार माध्यमका अनुसार प्रस्तावित रक्षा बजेट नौ खर्ब चार अर्ब येन पुगेको छ, जुन करिब ५८ अर्ब अमेरिकी डलर बराबर हुन्छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
जापानको मध्य भागमा पर्ने शिजुओका प्रान्तको मिशिमा सहरस्थित एक कारखानामा भएको चक्कु प्रहारमा १४ जना घाइते भएका छन् ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताउनुभएको छ ।
बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा रहेन भन्ने खबर सुन्दा एउटी आमालाई कति दुःख लाग्यो होला ?
बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिनुभएको छ ।
म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो चरण हुँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।
सर्लाहीको कौडेना गाउँपालिका–३ पर्सास्थित लखनदेही खोलाको बाढीले बगाएको हुलाकी राजमार्ग । गत असोज १८ गतेका दिन बाढीले हुलाकी राजमार्ग बगाएको थियो तर अहिलेसम्म सडक बन्न सकेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ औँ बागलुङ महोत्सव शुक्रबारदेखि सुरु गरिएको छ । आजदेखि महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुहुने छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरु विरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै राजविराजमा दुई वटा सङ्गठनले शुक्रबार विरोध प्रदर्शन गर्नुका साथै बजार समेत बन्द गराएका छन् ।