महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन् । यो २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको आँकडा हो ।
तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो ।
गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब रु दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
कालीगण्डकी कोरिडोरको गैँडाकोट–बुलिङटारबिचको तरङ्गाखोलामा पक्कीपुल निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले चार वर्षपछि काम सुरु गरेकोमा बिचैमा काम छोडेर सम्पर्कविहीन रहँदा पुल अलपत्र परेको छ ।
गोरखाको ऐतिहासिक स्थल गोरखा सङ्ग्रहालयमा एक लाखभन्दा बढीले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्म कुल एक लाख २२ हजार ७३३ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेको गोरखा सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्से द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिने भएको छ । नगरपालिकाले उनीहरूका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भनेर मासिक दुई हजार पाँच रुपियाँ जीवननिर्वाह भत्ता दिन थालेको हो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि हो भन्नुभएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत हुन सकेको छैन ।
गाउँघरमा कृषि कर्म गर्यो सोचेजस्तो आम्दानी नहुने । दुःखजिलो गरेर तरकारी उत्पादन गर्यो, मूल्य नपाउँदा मन खिन्न हुने । लामो समय पाखोबारीमा परिश्रम गरेपनि सोचेअनुरुप प्रतिफल हात नलागेपछि कपिल-रिममाया बुढाथोकी दम्पत्ति सदरमुकाम बागलुङ बजार हानियो ।
हुलाक टिकट, नगरपालिकाको लोगो र पुरातात्त्विक विभागको संरक्षण सूचीमा रहेको पञ्चदेवलमा भेटिएका ऐतिहासिक ढाल–तरबार, आम्खोरा, गाग्री, माटोका भाँडा, धान र सुनचाँदी जस्ता वस्तुको संरक्षण र अनुसन्धान नहुँदा धर्मशालामा अलपत्र छाडिएको छ ।
सङ्घीय सरकारले मुगु जिल्लाको माथिल्लो मुगुमा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णयले यहाँका स्थानीयलाई राहत मिलेको छ । जिल्लाको उत्तरी भेगका नागरिकका सहजताका लागि वन तथा वातावरण मन्त्रालयको सहजीकरणमा सरकारले से फोक्सुन्डो निकुञ्जको मुगुतर्फको ८४३.३६ वर्गकिलोमिटरलाई समेटेर केही दिनअघि छायानाथ राष्ट्रिय निकुञ्ज बनाउने निर्णय गरेको थियो ।
वर्तमान शासन व्यवस्थामा सुधारका लागि सुझाव सङ्कलन हुम्ला आइपुगेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको शासकीय सुधार महाशाखाको टोलीलाई हुम्लावासीले मागैमाग राखेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा