• ११ पुस २०८२, शुक्रबार

जापानको कारखानामा हिंसात्मक घटना : १४ जना घाइते

blog

टोकियो, पुस ११ गते । जापानको मध्य भागमा पर्ने शिजुओका प्रान्तको मिशिमा सहरस्थित एक कारखानामा भएको चक्कु प्रहारमा १४ जना घाइते भएका छन् । मिशिमाको अग्नि नियन्त्रण विभागका अधिकारी टोमोहारु सुगियामाका अनुसार घाइतेलाई आपतकालीन सेवामार्फत अस्पताल लगिएको छ । 

उहाँका अनुसार शुक्रबार दिउँसो करिब साढे चार बजे नजिकैको रबर कारखानाबाट फोन आएपछि उद्धार टोली घटनास्थल पुगेको थियो । फोनमा पाँच वा छ जनालाई कसैले चक्कु प्रहार गरेको जानकारी दिइएको थियो । जापानी सञ्चार माध्यमका अनुसार घटनासँग सम्बन्धित एक व्यक्ति प्रहरी नियन्त्रणमा लिइसकिएको छ । रासस/एएफपी