• २३ चैत २०८२, सोमबार

चीन र काजकिस्तानमा बुद्धिचाल खेल्दै नेपाली खेलाडी

blog

नेपाली बुद्धिचाल टोली ।

काठमाडौँ, चैत २३ गते । नेपालका बुद्धिचाल खेलाडीले चीन र काजाकिस्तानमा फरक बुद्धिचाल प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

चाइनिज चेस फेडेरेशन र काजाकिस्तान चेस फेडेरेशनको निमन्त्रणामा बुद्धिचाल खेलाडी आइतबार चीनको सांघाई र काजकिस्तानको अल्माटीतर्फ प्रस्थान गरेका छन् । 

नेपाल बुद्धिचाल महासङ्घका कोषाध्यक्षको नेतृत्वमा रापिडतर्फ उच्च वरियताका खेलाडी नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल, दोलखाका आशिष फुयाल र महिलातर्फ पहिलो रान्किडमा रहेका छापाका कृतिसारा अधिकारीले चीनमा अप्रिल ७ देखि १२ तारिखसम्म आयोजना हुने आठौँ सांघाई को-ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा प्रतिस्पर्धा गर्नुहुनेछ । 

यस्तै अप्रिल ६ देखि ११ तारिखसम्म काजकिस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ विश्व स्कुल टिम प्रतियोगितामाप पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सहभागि खेलाडीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहनुभएको छ । 

नेपाली टोलीको व्यवस्थापकमा नेपाल बुद्धिचाल महासङ्घका रेटिङ अफिसर  निराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी हुनुहुन्छ । नेपाली टोलीलाई  नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन र प्रवक्ता राजु ताम्राकारले आइतबार नै बिदाइ गर्नुभयो ।