बागलुङमा सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट विभिन्न कार्यक्रमका लागि विनियोजित रकममध्ये एक अर्ब ३३ करोड ८० लाख ६८ हजार रुपियाँ फ्रिज गएको छ ।
इलामको रोङ गाउँपालिकामा भौगोलिक पहिचान, वातावरण र दिगोपना प्रणाली (जिआइइएस) नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को १८ लाख रुपियाँभन्दा बढी आर्थिक सहयोगमा अत्याधुनिक मेसिन जडान गरी कार्यान्वयनमा ल्याइएको हो ।
दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया पूरा नहुँदै ठगी धन्दा सुरु भएको छ । वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने प्रक्रियामा रहेकै बेला केही व्यवसायीले युवालाई कोरिया पठाउने आश्वासनसहित पैसा उठाउन थालेको पाइएको जनाइएको छ ।
सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरूप दिने अनुदानबापतको करिब ७५ करोड रुपियाँ रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ७४ पैसा र बिक्रीदर १४१ रुपियाँ ३४ पैसा निर्धारण गरिएको छ ।
जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सुनसान छ । गत वर्ष ३३ पटक उडान भरेको यो विमानस्थलमा गत वैशाखयता कुनै पनि उडान हुन नसकेको इलाम नगरपालिकाले जनाएको छ ।
नेपाल–भारत सीमानाका बेलहियामा स्थापना भएको एकीकृत जाँचविन्दु (आइसिपी) असोजदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकको सहजता र सुरक्षा सुनिश्चित गर्न दुई वर्षअघि सुरु भएको यो विन्दु केही समयदेखि बन्द थियो ।
काठमाडौँ, भदौ १९ गते संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्ध अन्त्यका लागि अमेरिकाले निर्णायक भूमिका खेलेको बताउनुभएको छ । उहाँले अमेरिकाको भूमिकालाई चीनले सोमबार गरेको सैन्य परेडमा नदेखाइएकोप्रति भने गुनासो गर्नुभएको छ ।
नेकपा (एमाले) को सचिवालय बैठकले शुक्रबारदेखि सुरु हुन गइरहेको दोस्रो विधान महाधिवेशनको कार्यतालिका तय गरेको छ ।
पूर्वी मकवानपुरको बकैयामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका बकैया गाउँपालिका ३ हात्तिसुडे जितदमार बस्ने २४ वर्षीय विजय थिङको बिहीबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनिराज वराल (स्टार) बुधबार बिहानदेखि सम्पर्क विहीन हुनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित नियन्त्रणमा लिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केबल नेतृत्व चयनको प्रक्रिया मात्र नभई नीति, दिशा र उद्देश्य निर्धारण गर्ने ऐतिहासिक अवसर भएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि औपचारिक प्रक्रियामा नआएको बताएको छ।