महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्वा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,स्थित लुम्बुक झरना चिसोले पहाडमै जमेको छ ।
ऋणको जोखिम, कमजोर पूर्वाधार र सीमित स्रोतबिच पनि उद्यम सफल हुन सक्छ भन्ने उदाहरण बनेको छ सप्तरीको रुपनी गाउँपालिका–६ बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सञ्चालित कान्तिपुर प्लाष्टिक उद्योग ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताउनुभयो ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रु.. चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
बाँके जिल्लाको अन्य क्षेत्रको तुलनामा स्वास्थ्य सेवाको सबैभन्दा कम पहुँच भएको नरैनापुर गाउँपालिकामा स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले निर्माण भइरहेको १५ शय्याको पालिकास्तरीय अस्पताल भवन निर्माण कार्य बजेट अभावले रोकिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको नाम सिफारिस गरेको छ ।
मधेशमा बढ्दै गएको शीतलहरको प्रभाव स्वास्थ्य क्षेत्रमा देखिन थालेको छ । चिसो हावा, बाक्लो हुस्सु र सिरेटो जाडोका कारण बिरामीको सङ्ख्या बढ्दै गएको बर्दिवास तथा जलेश्वरस्थित अस्पतालले जनाएका छन् ।
वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आगलागीबाट दुई लाखभन्दा बढीको क्षति भएको छ ।
गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ मा गायक नारायण थापाले आफ्ना विभिन्न गीतको प्रस्तुति दिनुभएको छ । मायाले, खतरा होला नि, बरपिपललगायत आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकको मन जित्नुभएका गायक थापाका गीतमा दर्शक भरपुर रमाएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहका प्रमुख अतिथि एवम् नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितासँग भेटवार्ता गर्नुभएको छ ।
कठ्याङ्ग्रिँदो चिसोसँगै सडकमा सवारीसाधनको आगमन न्यून छ । विहान र बेलुकी पैदल हिँड्न समेत निकै कष्टकर हुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गर्नुभएको छ ।