• २३ चैत २०८२, सोमबार

सांस्कृतिक महोत्सवमा थापाको प्रस्तुति

blog

काठमाडौँ , पुस ११ गते । गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ मा गायक नारायण थापाले आफ्ना विभिन्न  गीतको प्रस्तुति दिनुभएको छ । मायाले, खतरा होला नि, बरपिपललगायत आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकको मन जित्नुभएका गायक थापाका गीतमा दर्शक भरपुर रमाएका थिए ।  

दुई दशकभन्दा बढी समयदेखि नेपाली गीत सङ्गीतमा सक्रिय गायक थापा विभिन्न मेला महोत्सवसँगै थुप्रै नयाँ गीतको रेकर्डिङमा व्यस्त हुनुहुन्छ । उहाँको बैगुनी मानवलगायतका गीतको म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ ।