ऊ घरतिर छिर्दै थियो । आँखा जुधे । झस्किएको हो कि जस्तो लाग्यो । ऊ अडिएन, भित्र पस्यो । म हिँड्दै थिएँ बाटैबाटो । उसको घरअघि ऊ भित्र छिर्दै गर्दा जम्काभेट भएको थियो । आँखाको जम्काभेट भनौँ । टक्क अडिएर, रोकिएर होइन ।
लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका एक जना फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।
शरीरको रहस्यमय गुफामा जब प्रकृतिले रातो बत्ती बाल्छिन् धर्मका ठेकेदारहरू थर्थर काम्छन् ।
काँस फुल्यो बाटोभरि, गाउँ भयो शून्य अर्मपर्म कोही छैन, कसलाई भन्ने एक्लिँदै छु गाउँतिर, सबै लाखापाखा उबेलाको गाउँ सम्झी रसाउँछन् आँखा
जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ ।
किराँत जातिभित्र अनेकौँ प्रजाति छन् । तीमध्ये एउटा प्रजाति हो– थुलुङ । थुलुङ राईको मुन्दुममा आधारित ‘मियप्मा’ महाकाव्य डा. चमा थुलुङको नवीनतम कृति हो । प्रकृतिपूजक यस जातिको आफ्नै भाषा, संस्कृति, चालचलन, रीतिस्थिति, आचरण र व्यवहार छन् । यिनै कुरालाई अक्षरमा उनेर ‘मियप्मा’ महाकाव्य प्रकाशन भएको हो । प्राध्यापन क्षेत्रमा आबद्ध थुलुङका
ज्ञानको उपल्लो अर्थ जनाउने शब्दका रूपमा बुझिन्छ, प्रज्ञा । जन्मजात सिकिने र व्यवहारमा ल्याइने ज्ञानलाई प्राकृतिक वा सहज ज्ञान भन्न सकिन्छ । सामाजिक परिवेशबाट सिकिने ज्ञान सहज ज्ञानभन्दा फरक र विस्तारित हुन्छ । यस्तो ज्ञानलाई व्याव
बेमौसममा नेपालका पर्यटन गन्तव्यहरू करिब सुनसान हुन्छन् । पर्यटन राजधानी पोखरामा भने बेमौसममा पनि पाहुना आकर्षित गर्न केही न केही भइरहन्छ ।
उमेरले ४० को खुड्किलो उक्लिएपछि साँच्चै विभिन्न रोगले छुने रहेछ मानिसलाई । त्यसैले होला बालकृष्ण समले पनि ‘मुकुन्द इन्दिरा’ नाटकको एक महत्वपूर्ण पात्र भवदेवको मुखबाट ‘दियो उमेरमा धक्का अब ४० ले पनि’ भन्न लगाएर यस्तै अत्यासको भाव व्यक्त गरेका छन् । हामी जोइपोइको उमेर त झन् ४० माथि पनि १० नाघिसकेको थियो । श्रीमान् जङ्गबहादुर राईको स्वास्थ्यमा नि
प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ ।
पहराको साँघुरो मार्गमा तीर्थालु भेषमा उभिएकी छु । २०८२ को पुस जन्मिएको जम्मा पाँच दिन भएको छ । पुसले आफ्नो असली रूप र रङ देखाउन आरम्भ गरेको छ । स्रष्टा पदयात्राको १०१ औँ यात्रामा सहभागी हुन आएकी छु, नुवाकोटको पशुपतिनाथ अर्थात् दुप्चेश्वर महादेव तीर्थ ।
सप्तरी प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
देशव्यापी चिसो बढेसँगै तराई भूभागमा केही दिनयता लगातार शीतलहर चलिरहेकाले आमनागरिकको जीवन सहज बनाउने भूमिका निर्वाह गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै निकायमा अपिल गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको राईगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुमवासी बस्तीमा बस्न बाध्य हुनुभयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन सङ्घर्ष उस्तै छ ।