पहराको साँघुरो मार्गमा तीर्थालु भेषमा उभिएकी छु । २०८२ को पुस जन्मिएको जम्मा पाँच दिन भएको छ । पुसले आफ्नो असली रूप र रङ देखाउन आरम्भ गरेको छ । स्रष्टा पदयात्राको १०१ औँ यात्रामा सहभागी हुन आएकी छु, नुवाकोटको पशुपतिनाथ अर्थात् दुप्चेश्वर महादेव तीर्थ ।
सप्तरी प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
देशव्यापी चिसो बढेसँगै तराई भूभागमा केही दिनयता लगातार शीतलहर चलिरहेकाले आमनागरिकको जीवन सहज बनाउने भूमिका निर्वाह गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै निकायमा अपिल गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको राईगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुमवासी बस्तीमा बस्न बाध्य हुनुभयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन सङ्घर्ष उस्तै छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यान र स्थानीय युवाहरूको सक्रियतामा जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
शनिबार इस्मा गाउँपालिका–१ को विपी पार्क खेल मैदानमा सञ्चालन भएको छैटौँ फोर्टिन स्टार कप अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा महेन्द्र मावि रेसुङ्गा र पालुखा मावि इस्माबिच प्रतिस्पर्धा हुने भएको छ ।
कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सल्यानले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
राप्ती समाज काठमाडौँको आयोजनामा सम्पन्न ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार भोजराज थापालाई राप्ती पत्रकारिता पुरस्कार - २०८२ प्रदान गरी सम्मान गरिएको छ। उक्त अवार्ड समारोह २०८२ साल पौष ११ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपको सभाहलमा भव्य रूपमा सम्पन्न भएको हो।
अवैध रूपमा अति प्रज्वलनशील पदार्थ (पेट्रोल) को सञ्चय तथा बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कर्णाली प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एउटा बहुवर्षीय आयोजना कार्यान्वयन गर्न लागेको छ । आवश्यकताका आधारमा आयोजना छनोट गरेर कार्यान्वयन गर्न लागेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।
जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल क्षेत्रको आम्दानी उठाउने विषयमा विवाद बढ्दै गएको छ । विगतदेखि तालको संरक्षणमा काम गर्दै आएका सामुदायिक वन र सङ्घ संस्थासँग समन्वय नगरेका कारण नगरपालिकाले ठेक्का आह्वान गरेदेखि विवाद बढ्दै गएको हो । घोडाघोडी तालको आम्दानीलाई एकद्वार प्रणालीमा ल्याउन नगरपालिकाले ठेक्का दिएको थियो ।
कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा सुर्खेत विमानस्थलभित्र मानवीय सहायता तथा विपत् उद्वारका लागि पोखरी निर्माण गर्न लागेको छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेसको हाताभित्र निर्माण हुने पोखरीको शिलान्यास गर्नुभयो । सो पोखरीबाट आगलागीका घटनामा हेलिकोप्टरमार्फत पानी भरेर जङ्गलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने जनाइएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित लुम्बुक झरना चिसोले पहाडमै जमेको छ । समुद्री सतहदेखि ४,५०० मिटर अग्लो विशाल चट्टानको पहाडबाट निरन्तर खस्ने झरना मुस्ताङमा चिसो बढेसँगै अहिले जमेको हो ।