अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा भाग नलिने बताउनु भएको छ । उहाँको स्थानमा उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना वासिङ्टनले सार्वजनिक गरेको हो ।
संयुक्त राष्ट्रसङ्घले गाजा पट्टीमा इजरायली आक्रमण बढ्दै गएपछि सर्वसाधारणलाई ठुलो सङ्ख्या विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
कानुनले असार, साउन र भदौमा नदीजन्य सामग्री उत्खनन्मा रोक लगाए पनि कालीगण्डकी नदीमा ढुङ्गा गिटी र बालुवाको अवैध दोहन भइरहेको छ । बागलुङ नगरपालिकाले अहिलेसम्म नदी किनारको सामग्रीको ठेक्का लगाएको छैन ।
असार १ गतेबाट घट्दै गएको मनाङ भित्रिने पर्यटकको संख्या भदौ सकिनै लाग्दा बढ्न थालेको छ।
इजरायली सेनाले शनिवार जेरुसेलममा गिरफ्तारी अभियान पुनः सुरु गरेको छ । सेनाले शनिबार १६ जना प्यालेस्टिनीलाई पक्राउ गरी हिरासतमा लगेको जनाइएको छ ।
बङ्गलादेशमा एक धर्मगुरुको चिहानमा सयौं कट्टरपन्थी इस्लामवादीले आक्रमण गर्ने क्रममा एक जनाको मृत्यु भएपछि प्रहरीले शनिबार घटनामा संलग्नको खोजी कार्य सुरु गरेको जनाएको छ ।
भूमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश झाले भुमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई निवेदन दिन अन्तिम पटक सूचना निकाले पनि सप्तरीका केही पालिकाले चासो नदेखाएको बताउनुभएको छ ।
तनहुँमा ठुलो सङ्ख्यामा विद्यार्थीले माध्यामिक तहसम्म अध्ययन पूरा नगरी विद्यालय छोड्ने गरेको पाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रतालाई दोहोर्याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्ली र वासिङ्टनबिच अझै पनि ‘निकै सकारात्मक’ सम्बन्ध रहेको बताउनु भएको छ ।
लमजुङ र कास्की जिल्लाको सिमाना भएर बगिरहेको मादी नदी । नदीवारि लमजुङको मध्यनेपाल नगरपालिका–६, दोभानडाँडा र पारि कास्कीको रुपा गाउँपालिकको स्यास्त्रीफाँटमा गरिएको धानखेतीको हरियाली ।
वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) धनबहादुर थापाको ड्युटीमै रहेको बेला हृदयघात भएर निधन भएको छ ।
भेरी कम्पनीको एलपी सिलिन्डर ग्यास लिएर कोहलपुरबाट सुर्खेत जाँदै गर्दा बबईबाट तीन किलोमिटर पर कर्करे भन्ने ठाउँमा दुर्घटना भएको भे १ क १९०८ नं को ट्रक ।
बेनी नगरपालिका –४, सिङ्गामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा साढे १२ लाख रुपियाँभन्दा बढी मनाफा गरेको छ । संस्थाको १८ औं वार्षिक साधारणसभामा सो कुरा जानकारी गराइएको हो ।
नेपाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जेठ २ गते बैतडीको पाटनबाट सुरुको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले रास्वपा वैकल्पिक शक्ति भएको बताउनुभएको छ।