नेपाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जेठ २ गते बैतडीको पाटनबाट सुरुको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले रास्वपा वैकल्पिक शक्ति भएको बताउनुभएको छ।
स्थानीय तहले सरकारी बजेट खर्च गर्दा आन्तरिक आयको परिधि, खर्चको मापदण्ड तयार गरी विबिध खर्च गर्न पाउने कानुनी प्रावधान भए पनि महालेखाले दिएको सुझावलाई अनुसरण नगरी जिल्लाका स्थानीय तहले मापदण्ड बिना करोडौ रुपिँया खर्च गर्ने गरेको पाइएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले जथाभाबी फोहोर फालेमा जरिवाना तिराउने नियम बनाएको छ । नगरपालिकाले सार्वजनिकस्थलमा जथाभावी फोहोर फाल्नेलाई दुई हजार रुपियाँसम्म जरिवाना तिराउनेगरी नियम बनाएको हो ।
नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूहमा छलफल सुरु भएको छ । सात प्रदेश, उपत्यका विशेष, जनसंगठन र प्रवास गरी दश समूहले प्रतिवेदनहरुमाथि छलफल सुरु भएको हो ।
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न पार्टी सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति बनाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज सो समिति घोषणा गर्नुभएको हो ।
थाइल्यान्डका नयाँ प्रधानमन्त्रीले गठबन्धनमा फुटपछि बनेको अन्तरिम सरकारले नयाँ चुनावलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न नेतृत्व गर्ने आफ्नो पूरानो वाचालाई सही तरिकाले पूरा गर्ने प्रतिबद्धता दोहोराउनु भएको छ ।
अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिबार एउटा शङ्कास्पद ‘सार्क’ले एक व्यक्तिलाई किच्दा मृत्यु भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ ।
चीनको धितोपत्र बजारका लागि सर्वोच्च नियामक निकायका पूर्व प्रमुखमाथि अनुसन्धान भइरहेको भ्रष्टाचार विरोधी अधिकारीले शनिबार बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।
दोस्रा संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर पूर्वको विराटनगर सहरबाट सुरु हुने भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलव आठ मेगावाट क्षमताका दुई वटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । १११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्माणको अन्तिम चरणमा छन् ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको दमौलीमा निर्माणाधीन मादी नदीमाथिको चार लेनको पुल चालु आर्थिक वर्ष २०८२/८३ भित्रै सम्पन्न हुने भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताउनुभएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कृषि उत्पादन र बजारीकरणका लागि ‘कृषि मूल्य श्रृङ्खला विकास परियोजना’ सुरु भएको छ ।