सिँजा समाचारदाता
सिँजा (जुम्ला), पुस ११ गते । जुम्लाको गुठीचौर गाउँपालिका–१ की दुर्गा बस्नेत गम्भीर स्वास्थ्य समस्याबाट पीडित हुनुभएको छ । उपचारका लागि आवश्यक आर्थिक स्रोत अभाव हुँदा उहाँको उपचारमा समस्या उत्पन्न भएको छ । केही समयदेखि दुर्गाको शरीरका विभिन्न भागमा गम्भीर सङ्क्रमण देखिएको छ ।
शरीरका अधिकांश भागमा घाउ पाक्ने समस्या देखिनुका साथै कलेजो र मिर्गौलासमेत सुनिएको उहाँको परिवारले जनाएको छ । नेपालमै लामो समय उपचार गराउँदा पनि स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छैन । श्रीमतीलाई जसरी पनि बचाउने उद्देश्यले हाल उहाँलाई भारतको लखनउस्थित एक्सोन अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्गाका श्रीमान् रत्न बस्नेतका अनुसार भारतमा उपचार अत्यन्तै खर्चिलो छ । प्रत्येक दिन पाँच हजार रुपियाँभन्दा बढी अस्पताल खर्च भइरहेको छ । अहिले आर्थिक अभावका कारण उपचार गर्न निकै कठिन भइरहेको बस्नेतले जानकारी दिनुभयो । हाल एक्सोन अस्पतालमा केही दिनको उपचारपछि स्वास्थ्यमा सामान्य सुधार देखिए पनि उपचार प्रक्रिया लामो र खर्चिलो भएकाले परिवारको आर्थिक अवस्थाले उपचारलाई निरन्तरता दिन कठिन भएको उहाँको भनाइ छ । दुर्गाको जीवन रक्षा गर्न सहयोग गरिदिन उहाँका श्रीमान्लेसबैसँग अपिल गर्नुभएको छ ।