कैलाली–कञ्चनपुरका मूल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।
पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरूको आकर्षण बढेको हो ।
जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।
मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् ।
तपाईं प्रचारप्रसार गरिरहनुहोस् म नगरिरहुँला तपाईं बाँचिरहनुहोस् म मरिरहुँला ।
हिमचुली हाँस्छन् पिरती गाँस्छन् जीवनको जुहार असारलाई सार यही बारम्बार घामको मुहार । आकाशमा बादल घुम ओडी आउँछन् फूलको जवानी जीवन र जगत् सर्वेश्वर एकसाथ मानिसको कहानी ।
नेपाल प्रहरीका सबै दर्जाका अधिकारीहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताब खाना (प्रहरी) सूचना जारी गरी २०८० भदौ २८ गते भित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।
मान्छे भएनि हाम्रो चल्दैन हेर पानी मिल्दैन जान मन्दिर यस्तै छ जिन्दगानी । बाँचेर फेरि हामी मर्छाैं हजार बार चल्ने रहेछ हाम्रो चढ्दो त यो जवानी ।
शीतको थोपा चुहेर गुलाफको बोटमा पर्दा मोतीका दानाजस्तै चमक छरिएको छ । हावाको सानो हल्लाइमा ढल्पलढल्पल हुन्छन् मसिना दानाहरू । कतै पुग्ने हतारो त छैन होला तर लामो अस्तित्व नभएका यी दानाहरू ज्वलन्त बनेका छन् सूर्यको कलिलो किरणमा । शीतको ओसमा भिजेर लपक्क माटो बनेको छ भुइँको कसिङ्गर । जुत्ता–चप्पल नभएका खुट्टाको प्राकृतिक जुत्ता बनेर । केही परसम्म साथ दिन खोजे पनि खुट्टाले भारी महसुस गर्छ र बेस्सरी
आज (शनिवार) कार्यालय तथा राजस्व सङ्कलन गर्ने सबै बैङ्क खुला रहने भएको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै सबै राजश्व सङ्कलन गर्ने बैङ्क खुल्ला रहने जनाएको हो ।
मानव जातिको प्रगति र समुन्नति कायम राख्न ज्ञान र विज्ञान दुवैको अहम् भूमिका हुन्छ । विज्ञानले पत्ता लगाएका नियमको पालन ज्ञानसम्मत तरिकाले गरिएन भने त्यसले विकास होइन, विनाश निम्त्याउँछ । विज्ञानको देनका रूपमा मानिएका रासायनिक मल र विषादीको प्रयोगले बालीनालीलाई रोग, व्याधि र शत्रु किराबाट बचाएर उब्जनी बढाउन सहयोग त पु¥याउँछ तर यसको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा मात्र होइन माटोको स्वास्थ्यमा पनि गम्भीर समस्या निम्त्याएका उदाहरण वर्षंैपिच्छे बढ्दैछन् । साथै, कैयौँ जलचर र थलचरको वंश नै नाश भएका विस्मयकारी नतिजा पनि देखापर्न थालेका छन् ।
हुम्लाका किसानहरू जौ र गहुँ उत्पादन भएको जग्गामै पहेँलिएको अवस्थामा टिप्न बाध्य छन् । लगातार वर्षा भएको कारण जग्गामै पहेँलिएको जौ र गहुँ किसानले टिप्नु परि रहेको हो ।
भानुभक्त आचार्य (विसं १८७१–१९२५) नेपाली साहित्यका क्षेत्रमा आदिकविका रूपमा चर्चित हुनुहुन्छ । उहाँको रामायण (विसं १८९८–१९१०) महाकाव्यलाई आदिमहाकाव्यका रूपमा लिइएको छ । रामायण लोकभावनामा आधारित भएकाले पनि सबैको मन छुने खालको थियो । भानुभक्त श्रीकृष्णका नाति तथा धनञ्जय आचार्यका छोरा हुनुहुन्छ । भानुभक्तले बाजेबाट संस्कृतको साधारण शिक्षा पाउनुभएको थियो । पछि उहाँ काशीमा बस्दा त्यहाँको वातावरण तथा आफ्नै क्षमताबाट कवितातर्फ आकृष्ट हुनुभयो ।