प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । एकदिने भ्रमणका क्रममा उहाँ नेपाल आउनुभएलगत्तै प्रधानमन्त्री तथा अन्य उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो । भेटमा भएका कुराकानीमा नेपाल सरकार र अमेरिका सरकारको अनुदान सहयोग रहने मिलेनियम च्यालेन्ज कर्पोरेसनको कार्यान्वयन र हालसम्म भएको प्रगतिमाथि उहाँको उच्च चासो रह्यो । प्रधानमन्त्री प्रचण्डसँग उहाँले परियोजना कार्यान्वयनमा जान लागेको र नेपाल सरकारले त्यसका लागि गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपाली जनता र सरकारको लाभसँग जोडिएको सम्झौताले नेपालको विकासमा ठोस टेवा पु-याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा देखा पर्ने सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। ती अस्पतालमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, दादुरा, जन्डिसलगायतका रोग लिएर उपचारमा जानेको सङ्ख्या बढेको छ।
काठमाडौँ महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शुक्रबार बसेको नगर सभाको बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरेको जानकारी दिनुभयो। नगर सभा बैठकमा नीति तथा कार्यक्रम र बजेट महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले निर्णयार्थ पेस गर्नुभएको थियो।
“हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकाले संयुक्त सुझावकर्ता सदस्यहरूका तर्फबाट... सरी, म यसलाई फेरि सच्याउँछु, यहाँ माननीयज्यूहरूले पनि दुवैतिर बोलेर अलि रमाइलो गर्नुभयो” राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्योलमा पर्दा उहाँले उक्त प्रतिक्रिया व्यक्त गर्नुभयो । राष्ट्रिय सभा र प्रतिनिधि सभामा विधेयक प्रस्तुत हुँदा प्रस्तावको पक्ष र विपक्षमा ध्वनिसङ्केतले मत जाहेर गरिन्छ ।
शैक्षिक सत्र सुरु भएपछि राहत दरबन्दीका तीन शिक्षक नियुक्त नहुँदा पढाइ अलपत्र भएको छ। राहत कोटा अन्तर्गत उच्च मावि तहको लेखा र माध्यमिक तहको अंग्रेजी र गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या देखिएको छ। विद्यालयले वैशाख ११ गते विज्ञापन आह्वान गरेर जेठ ३२ गते लिखित परीक्षा लिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
श्रीलङ्कामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ।
तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो।
संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ।
प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) बैठक कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति भवनमा बसेको छ।
पर्याप्त वर्षा नहुँदा कपिलबस्तुका किसानलाई रोपाइँ गर्न समस्या भएको छ ।
अर्जुन चौपारीमा गाउँपालिका १ बजारमा निर्माण गरिएको हेलीप्याड हस्तान्तरण गरिएको छ ।