झुठो विवरण पेश गरी जन्मको आधारमा २०६३ सालमा नेपालको नागरिकता लिने एक दम्पतीले जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ परेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानुनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्त्वपूर्ण फड्को मार्ने बताउनुभएको छ।
वीरगञ्जको नयाँ बसर्पाक चोकमा शुक्रबार आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण गरिएको छ ।
संस्कृति पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका साहित्यिक व्यक्तित्वलाई सम्मान गरेको छ ।
मंगलसेन नगरपालिका–१४ कालागाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । कालागाउँको मेलपोखरामा राखिएको अस्थायी पोष्टले तीन स्थानीय तहका छ वडा कार्यक्षेत्र तोकिएको छ ।
जापान सरकारले काठमाडौंमा रहेको मानसिक स्वास्थ्य केन्द्रलाई तीन करोड ५३ लाख ६० हजार अनुदान रकम सहयोग गरेको छ ।
भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ ।
सप्तरीमा समेत लम्पी स्किन रोगको प्रभाव बढ्दै गएको छ । यति बैला मुलुकको विभिन्न जिल्लामा फैलिएको लम्पी रोगबाट सप्तरीमा समेत पशु चौपाया मर्न लागेको हो ।
डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ। एक दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नुभएका लुले भेटवार्ता गर्नुभएको हो।
लहान नगरपालिकाले पशु शाखाले पशुपालनतर्फ आकर्षण बढाउन किसानलाई विभिन्न सामग्री वितरण गरेको छ।
स्थानीय खोलाखोल्सामा पाईने सिस्नो बजारमा पुर्याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले सिस्नोको ब्राण्डिङ गर्न सुरु गरेको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ ।
नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पि स्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताउनुभएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सुरु गरिएको छ। सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो।