नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डालमा भेला भई निर्माण व्यवसायीहरुले सरकारले लामो समयदेखिका बाँकी बिलको भुक्तानी नदिएपछि धर्ना दिएका हुन् ।
दार्चुला र बझाङ जिल्लाका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।
मृतकका आफन्तद्वारा धर्ना दिँदा घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा शुक्रवार ठप्प भएको छ । बिहीबार उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासी १० वर्षीय क्राकोस नेपालीको प्रतिष्ठानमा मृत्यु भएको थियो ।
सहस्राब्दीब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु. २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
कविताबारे पठन गर्नु जति सरल छ, त्यति नै कठिन कार्य कविताबारे बोल्नु वा लेख्नु हो । त्यसमाथि परम्परित समीक्षाले लेख्य विषयलाई विवेचना गर्दा वा मूल विषयमाथि अनेक सन्दर्भसामग्रीले उदाहरण बनाउँदा लेख्य विषयको मूल कथ्य वा विषय दिग्भ्रमित हुने कुरा त छँदै छ, त्यसमा झन् उदाहरणको थुप्रो थुम्कोले भन्नुपर्ने ‘कुरा’ बिलाइरहेको अवस्था बन्न जा
अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे७प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ ।
दोलखाको कालिन्चोक गाउँपालिका–८ सुनखानी स्थितको नीलकमल कृषि सहकारीका सेयर सदस्यहरूबाट उत्पादित कफी अन्तर्राष्ट्रिय बजारमा पुगेको छ ।
भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ ।
वैकल्पिक सहायक राजमार्ग विकास कायक्रम अन्तर्गत डडेलधुरा जिल्लाको सहायक सडक निर्माणका लागि नयाँ आर्थिक वर्ष २०८०/८१ मा देशभरमै बढी बजेट छुट्याइएको छ । सडक निर्माण तथा स्तरोन्नतिका लागि पाँच अर्ब २० करोड ५७ लाख रुपियाँ बजेट छुट्याइएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार, सो रकममध्ये एक अर्ब १० करोड रुपियाँ डडेलधुरा जिल्लाका सडक निर्माणका लागि छुट्याइएको छ । सो रकम देशभरमै सबैभन्दा बढी हुन आउँछ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा डडेलधुराका आठ वटा आयोजना छनोटमा परेका छन् । एउटै योजनामा १० करोडदेखि ३० करोड रुपियाँसम्म बजेट छुट्याइएको छ ।
धनकुटामा अधिकांश माछा पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले बिहीबार आयोजना गरेको संयुक्त अनुगमनको क्रममा यस्तो पाइएको हो ।
बर्खा सुरु भएसँगै मार्तडी–कोल्टी सडक अवरुद्ध हुन थालेको छ । एक वर्ष पहिला कालोपत्रे हुनुपर्ने यो सडक निर्माणकार्यमा ठेकेदार कम्पनीले ढिलाइ गरेसँगै बर्खाको समयमा सडक अवरुद्ध हुने गरेको हो । २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडाैँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माणको जिम्मा लिएको हो ।