जनकपुरधाममा नवोदित कानुन व्यवसायीहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।
सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिनुभएको छ ।
घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौं रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा कडाइ गरिएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन थालेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको अन्त्य’ सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल जारी रहेको छ। छलफलमा भाग लिनुभएका सत्तापक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यले बजेटको तीव्र आलोचना गरिरहनु भएको छ।
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा किसानहरुले राज्यबाट पाउनुपर्ने सुविधाहरु पाउन नसकेको गुनासो गरेका छन् ।
थाइल्याण्डको संसद्ले अर्को हप्ता नयाँ प्रधानमन्त्रीका लागि पुनः मतदान गर्ने पुष्टि शुक्रबार गरेको छ ।
दाङको घोराहीस्थीत भानुचोकमा जम्मा भएर आदिकवि भानुभक्त आचार्यको सम्झना गरिएको छ ।
गोरखापत्र संस्थानका प्रकाशनप्रति पाठकको विश्वास र माया बढ्दै गएको छ । संस्थानको प्रकाशनका लागि एक सय वर्षको अग्रिम ग्राहक बन्नेक्रम सुरु भएपछि प्रकाशनप्रतिको पाठकको विश्वास बढेको पुष्टि भएको हो ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो । लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरब्याजको सम्बन्धमा परेको एक हजार ९२० उजुरीमध्ये ३६५ वटाको फर्छ्यौट भएको छ ।
लम्पी स्किन रोगबाट सिन्धुली र रामेछाप जिल्लामा किसानले पालेको ८७९ वटा पशु चौपायाको मृत्यु भएको छ ।
आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका–९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ ।
नवलपुरको कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ ।