सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको क्षेत्रफल २८०.२६ वर्ग किलोमिटर र जनसङ्ख्या ३६ हजार ६२ रहेको छ। यसमा ११ वटा वडा छन्। महाभारत पहाडका अग्ला डाँडा र भिरालो भूबनोटका कारण विकासमा समस्या छन्। यो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर थापामगर निर्वाचित हुनुभएको छ। यो उहाँको दोस्रो कार्यकाल हो। उहाँसँग गोरखापत्रका बाबुराम देवकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
करिब एक महिना अगाडिको कुरा हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रेस सेन्टर नेपालको साधारण सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा पङ्क्तिकारले आयोजकलाई पाँच मिनेट समय माग गरेको थियो। त्यहाँ प्रधानमन्त्रीलाई पाँच मिनेटमा सार्वजनिक रूपमा दन्त्य कथा सुनाउँछु भन्ने पङ्क्तिकारको विचार थियो। आयो
नेपालको पहाडी जिल्ला रसुवाको उपल्लो भूभागमा अवस्थित टिमुरेमा रहेको खैडी गाउँ यतिबेला लगभग सुनसान छ। युवा विदेशिएर वा कुनै विपत्ति परेर गाउँमा यसरी सन्नाटा छाएको होइन। कुनै समय घले राजाको दरबारसमेत रहेको यो गाउँका बासिन्दा अचेल सोही गाउँको तल्लो भूभागमा अवस्थित भोटेकोशीको किनार वरपरको क्षेत्रमा बसाइँ सरेर बसोबास गर्न थालेका छन्। यो क्रम तीव्र रूपमा छ । पुस्तौँदेखि कृषि र पशुपालनलाई जीविकोपार्जनलाई मुख्य स्रोत मान्दै आएका टिमुरे गाउँका बासिन्दालाई पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको वातावरणीय समस्या प्रमुख चुनौती बन्यो। टिमुरे गाउँ त एउटा प्रतिनिधि गाउँ मात्रै हो। वातावरण तथा जलवायुसम्बन्धी अध्ययन अनुसार, नेपालको तराईमा भन्दा पहाडी भूभागमा, पहाडी भूभागमा भन्दा हिमालमा र हिमाल
मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौँको कलङ्कीबाट शुक्रबार मकवानपुरको बागमती गाउँपालिका-३ घर भई हाल काठमाडौँको स्वयम्भू ठुलो भर्याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ घर भई ठुलोभर्याङनै बस्ने २५ वर्षीय बुद्ध बहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।
मानिसले जन्मदेखि मृत्युसम्मका क्रियाकलापलाई विभिन्न किसिमका संस्कारका रूपमा मान्दै आएका छन्, जसको समष्टिगत रूप नै संस्कृति हो। बदलिँदो जीवनको गति, समय, परिस्थिति र विकासक्रम अनुसार हाम्रो संस्कार र संस्कृतिमा सुधार गर्दै जानुको साटो हालसाल धेरै विकृति/विचलन देखा पर्दै आएका छन्। खास गरी २०७२ सालको सङ्घीय गणतान्त्रिक संविधानले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेपश्चात् एकातर्फ यस्ता विकृति झन् बढेको पाइएको छ। अर्कोतर्फ १४ जनवरी २०२३ को बिबि
दार्चुलाको महाकाली नगरपालिका –९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।
लोकगीत र लोकसङ्गीतका धुरी जनकविकेशरी धर्मराज थापाबारे जानेका र सुनेका कुरा लेख्नु मेरा लागि कठिन विषय हो। नेपाली माटोको बास्नालाई आफ्ना करुण कण्ठका माध्यमले जनजनसमक्ष पु-याउनु जनकविको विशेष गुण मानिन्छ। नेपाली भूमि गौरवशाली छ। अझ आफ्ना विशेषताले नेपाल आमाबारे विश्वसामु जानकारी गराई सदैव राष्ट्रभक्ति देखाउनु पर्छ भन्ने बोधका गीत गाएर उहाँले प्रेरित गर्नुभयो। नेपाल आमाका विशेषता अनेक छन्। यहाँको प्राकृतिक सौन्दर्य, हिमालको चमक, नदीहरूको माला, हरियाली जङ्गलले हात्ती, गैँडा आदि जनावरलाई दिने वासस्थान, तराईका अन्न भण्डारहरूले सबै नेपालीलाई दिने धान, गहुँ आदि अ
हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्याउने योग विज्ञको भनाइ छ ।
पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एसियाली विकास बैङ्क (एडिबी)को टोलीबीच शुक्रबार छलफल भएको छ ।
मकवानपुरमा नयाँ प्रयोगसहित धर्म, प्रकृति र संस्कृतिको समायोजन गर्दै नक्षत्र बगैँचा निर्माण गरिने भएको छ। नक्षत्र अनुसारको बिरुवा रोपण, सेवा र पूजाले नक्षत्रले मानिसमा पार्ने प्रतिकूल प्रभावसमेत कम हुने विश्वासका साथ मकवानपुरमा पहिलो पटक राशि र नक्षत्रका आधारमा वृक्षरोपण गर्दै नक्षत्र बगैँचा निर्माण सुरु गरिएको हो।
दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ १३१ किलोमिटर छ ।
पशु सेवा विभागले ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खानयोग्य रहेको प्रस्ट गरेको छ । ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खान हुने वा नहुने उपभोक्तामा अन्योल रहेका बेला विभागले सो प्रस्ट पारेको हो । ‘लम्पी स्किन’ को महामारी फैलिएपछि धेरै ठाउँमा दुध खान छाडेका खबरहरू बाहिर आएको छ । त्यसरी उपभोक्ताले खान छाडेपछि दुध खपतमा कमी आएको बताइएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले करिब १० देखि १५ प्रतिशत उपभोक्ताले दुध खान छाडेको बताउनुभयो ।
साहित्यकार मधु बस्नेत शाही (मधुश्री) को सर्वनाम गजल सङ्ग्रह विमोचन गरिएको छ। २१० औँ भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारी शुक्रबार जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटाले गजल सङ्ग्रह विमोचन गर्नुभएको हो। सो अवसरमा उहाँले समग्र क्षेत्रको विषयवस्तु समेटेर गजल तयार पारेर गजलकार मधुश्रीले आफूमा भएको कलालाई गजलमार्फत प्रस्फुटन गर्नुभएको बताउनुभयो। सङ्ग्रहमा ५६ वटा गजल समावेश गरिएका छन्।
शुक्रबार चलचित्र हलमा दुई नेपाली र दुई अङ्ग्रेजी चलचित्र प्रदर्शनमा आएको छ । नेपाली चलचित्र ‘बगान’ र बिहे पास र अङ्ग्रेजी चलचित्र ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’ र ‘रेसिडेन्ट एभिल : डेथ आइल्यान्ड’ प्रदर्शनमा आएको हो । चलचित्र ‘बगान’ अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गर्नुभएको चलचित्रमा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतको अभिनय रहेको छ । अभिनेतृ कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्नुभएको छ । अर्को नेपाली चलचित्र ‘बिहे पास’ पुन : प्रदर्शनमा आएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्नुभएको हो ।
नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ गठामुंगः (घण्टाकर्ण) पर्व शनिबार मनाउँदै छन्। चन्द्रमास अनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन काठमाडौँ उपत्यका र देश विदेशमा रहेका नेवार समुदायमा यो चाड मनाइन्छ। यस पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा गर्ने पनि गरिन्छ।