कार्यालय, कुनै जमघट वा साथीभाइसँगको भेटघाटमा यस्ता गुनासा हामी दिनहुँ सुन्ने गर्छौं । प्रविधिसँग अभ्यस्त अक्सर मान्छे यस्ता समस्याका भुक्तभोगी हुन्छन् । एक दिन ल्यापटप नचल्दा अथवा एक दिन मोबाइल नहुँदा जीवन नै ठप्प भएको अनुभव ल्यापटप र मोबाइल जस्ता पछिल्लो समय अत्यधिक प्रयोगमा आएका सूचना प्रविधिका साधन प्रयोगकर्ताहरूले गरेकै हुनु पर्छ । यसो त यी साधनको विकल्प मान्छेको आफ्नै दिमाग हो तर अचेल मान्छे आफ्नो दिमागको निकै कम प्रयोग गर्छन् ।
पोखरा उपत्यकामा रहेका तालहरूमध्ये फेवाताल सबैभन्दा ठुलो ताल हो । तालवाराहीको मन्दिर र तालमा हिमालको छाया देखिनुले यो तालको बढी महत्व रहेको छ । हिउँदमा जाडो छल्न साइबेरियाको मैदानबाट बसाइँ सरी आउने हाँस प्रजातिका चराहरू केही दिन तालमा विश्राम गर्ने हुँदा सन् २०१६ मा पोखराका नौ वटा तालको समूहलाई अन्तर्राष्ट्रिय महìवको सिमसार क्षेत्रमा सूचीकृत गरिएको छ ।
जिल्ला विपत् व्यवस्थापन समिति सुर्खेतले कर्णालीमा एकीकृत प्रशासकीय भवन बनाउन आवश्यक जग्गा उपलब्ध गराउने भएको छ। समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेश सरकारका मन्त्रालय एकै ठाउँमा राख्ने गरी बनाइने एकीकृत भवनका लागि वीरेन्द्रनगरस्थित आन्तरिक मामिला तथा योजना मन्त्रालयको दक्षिण तर्फको खाली जग्गा उपलब्ध गराउन सकिने सिफारिस नेपाल सरकारलाई गरेको हो।
केही दिनदेखि परेको वर्षाका कारण सुनसरी र मोरङ जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। बाढीका कारण मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि तीन परिवार विस्थापित भएका छन्। अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो। सिङ्घिया खोलामा आएको बाढीले घरटहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएका परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले कानुनी राज्यबिना सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको छ। कानुनी राज्य सभ्य समाजको आधारशीलासमेत भएकाले विधिको सर्वोच्चता अङ्गीकार गरिएका शासनपद्धतिले नै समाजलाई सभ्य र समुन्नत बनाउने धारणा उहाँले राख्नुभयो।
उमेर नपुगी विवाह गरेका अधिकांश व्यक्ति अहिले शारीरिक र मानसिक पीडामा रहेका पाइएको छ। महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले यस जिल्लाका आठ वटा स्थानीय तहमा उमेर नपुगी भएकोे विवाहपछिको जीवन भोगाइमा आधारित रहेर गरेको खोजमूलक अध्ययनमा यस्तो तथ्य फेला परेको हो।
गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीण स्थल मादने गाउँपालिका वडा नम्बर– १ अग्लुङ्गले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।
पाल्पाका अधिकांश स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित रहेको पाइएको छ। जिल्लाका ८९ वटा स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानीको जाँच गरिएकोमा ३४ वटा स्वास्थ्य संस्थाको पानी दूषित रहेको पाइएको हो। स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाको दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता जाँच गरेको थियो। रिब्दीकोट गाउँपालिकाका आठ वटा स्वास्थ्य संस्थाको पानी जाँच गरिएकोमा छ वटा संस्थामा प्रयोग हुने पानीमा कोलिफर्म जीवाणु फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूधन भट्टराईले जानकारी दिनुभयो। कोलिफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिशामा पाइने एक प्रकारको जीवाणु हो।
घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँ रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा अत्यधिक कडाइ गरिएको छ। सोही कारणले अहिले सीमापारीबाट सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउनेहरूबाट राजस्व असुली गर्न थालिएको छ। मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि नाका वरपरबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन।
उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा झन्डै शतप्रतिशत योजना कार्यान्वयन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले आव २०७९/८० मा छनोट गरेका १६८ योजनामध्ये १६६ योजना कार्यान्वयन भएको बताउनुभयो। रघुगङ्गा गाउँपालिका–२, भगवती र ५ झिँ को वडा कार्यालय निर्माण सम्पन्न भएका छन्। त्यस्तै झिँ–टोड्के सडक, भगवती र झिँमा कोल्डस्टोर, घुमाउने ताल–तिल्केनी–राहुघाट नदी नियन्त्रण जस्ता महत्वपूर्ण योजना कार्यान्वयन भएका छन्।
गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त हुनुहुन्छ । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुग्नुभएका रमेश बस्नेत आठ वर्ष जापानमा बस्नुभयो । कोरोना कहरको समयमा नेपाल आउनुभएका बस्नेत पुनः जापान फर्कन चाहनुभएन ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, हिर्दिङ निवासी रमेश थापालाई यतिखेर आफ्नो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याइनभ्याइ छ । जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उहाँले सुनाउनुभयो । “हरेक वर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ,” विगत १० वर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएका थापाले भन्नुभयो, “यो वर्ष असारको सुरुदेखि अहिलेसम्म १३ हजार जुनारको बिरुवा बिक्री गरेँ, अझै १० हजार जति बिरुवा बिक्री गर्न बाँकी छ ।”
लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेडले ‘लक्ष्मी सनराइज बैङ्क लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । लक्ष्मी र सनराइजले १:१ अनुपातमा मर्जर भई संयुक्त कारोबार थालेका हुन् । मर्जरमा जानका लागि गत जेठ ८ गते अन्तिम सम्झौता गरेका दुवै बैङ्कको गत असार ३ गते सम्पन्न साधारण सभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको थियो । मर्जरका लागि नेपाल राष्ट्र बैङ्कले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । हाल लक्ष्मी बैङ्कको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपियाँभन्दा बढी छ भने सनराइज बैङ्कको १० अर्ब ११ करोड रुपियाँभन्दा बढी छ । दुई बैङ्क एक भएपछि चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपियाँभन्दा बढी कायम हुने बताइएको छ ।