अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहनुभकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताउनुभएको छ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले प्राथमिकता, आवश्यकता र औचित्यका आधारमा मात्र योजना छनौट गर्न आग्रह गर्नुभएको छ।
कर्णाली प्रदेशका विभिन्न प्रहरी युनिटमा सुरु भएको नागरिक सहजकर्ता परिचालनबाट दुई महिनामा २२ हजार बढी नागरिकले सेवा पाएका छन् ।
झापाको गौरीगन्ज गाउँपालिकामा कमल खोलामा आएको बाढीले नेपाल भारत सीमा क्षेत्रमा रहेको एउटा पिलर अर्थात् सीमा स्तम्भ बगाएको छ। शुक्रबार आएको बाढीले उक्त पिलर बगाएको प्रहरीले जनाएको हो।
नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ ।
झापामा चैते धानको उत्पादन र उत्पादकत्व घटेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यन्वयन ईकाइ झापामार्फत चैते धान विस्तार कार्यक्रम सञ्चालित रहेको छ ।
एकसाता अघिदेखि सुरु भएको अविरल वर्षाका कारण विस्थापित बनेका झापाको बाह्रदशी गाँउपालिका वडा नम्बर २ स्थित सुकुम्बासी बस्तीका ४५ घर परिवार पुन घरमा फर्किएका छन्।
खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा सञ्चालित सुन्तला पकेट क्षेत्रमा अनियमितता भएको पाइएको छ । पकेट क्षेत्रको सुन्तलाको बिरुवा खरिदमा अनियमितता भएको पाइएको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको नर्जा झरना । यो झरना गुर्जा, ढोरपाटन र गुरिल्ला पदमार्गको आकर्षण हो ।
नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आइतबार हुनेछ । पहिलो खेलमा इन्जुरी समयमा गोल गर्दै हार टारेको नेपाल दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा छ ।
चीनका एक जना वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन् ।
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा जिल्लामै सर्वाधिक धन राशिको भानुकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
पाल्पाको धान खेती हुने भूभागमध्ये ७७ प्रतिशतमा रोपाइँ सकिएको छ । असारको दोस्रो साता पर्याप्त पानी परेका कारण पाल्पाको अधिकांश भूभागमा रोपाइँ सकिएको हो ।