सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि सोमबार (साउन १) देखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ। विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागु नभएपछि त्यस्ता विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको सूचना तथा प्रसारण विभागले जनाएको छ।
हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ।
नेकपा (एमाले) ले वर्तमान सत्ता गठबन्धनले संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज बसेको बैठकले सो आरोप लगाएको हो ।
सहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्व राष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले आज प्रधानमन्त्री र उहाँको परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो।
कालीकोटको स्थानीय सरकारले बनाएका ग्रामीण सडकमा यात्रुले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । प्राबिधिक मापदण्डबिपरित बनाइएका सडकमा गाडी नचल्दा दुःख पाइरहेका नागरिकलाई पछिल्लो समय ती सडक पूरै हिलाम्मे भएकाले थप सास्ती भएको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्नो सात कोठे प्रशासनिक भवनको शुक्रबार उदघाटन गरेको छ । सो गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड रुपियाँको बजेट पनि ल्याएको छ ।
कृषि विकास बैङ्क ताप्लेजुङ शाखाले पहिरो पीडित परिवारलाई राहतस्वरुप एक लाख रुपियाँ रकम उपलब्ध गराएको छ। जिल्लाको सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि उक्त सहयोग रकम उपलब्ध गराएको हो।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो।
परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ।
अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ। हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ।
कैलालीबाट एक महिलाको हवाई उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेर अवस्था जटिल बनेकी मोहन्याल गाउँपालिका–४ ओखलढुङ्गाकी ३७ वर्षीया बिमला मिजारको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
सप्तकोशी नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै सुनसरीको कोशी गाउँपालिकाका स्थानीयवासी ।