काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गर्नुभएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताउनु भएको छ। देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताउनुभएको हो।
मटिहानी नगरपालिले वारुणयन्त्र खरिद गरेको छ । आगलागीको घटना न्यूनीकरण गर्न नगरपालिकाले वारुणयन्त्र खरिद गरेको हो ।
‘हरियो वन, नेपालको धन’ भन्ने गरेको वर्षौं भइसकेको छ । तर पनि वन जङ्गलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठुलो सङ्ख्यामा काठ कुहिने गरे पनि सर्वसाधारणहरू बजारमा विदेशबाट आएका काठ तथा फर्निचरसँगै आल्मुनियम, युपिभिसी एवम् फलामको प्रयोग गर्न बाध्य छन् ।
इलामको नेपाल–भारत सीमावर्ती पशुपतिनगर–मानेभञ्ज्याङ जोड्ने सडकको निर्माण सम्पन्न भएको छ ।
नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका –१३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । शनिबार काठमाडौं विष्णुमती कोरिडोरस्थित निलबराहीको टंकेश्वर वडा १३ मा वृक्षारोपण गरिएको हो ।
सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।
दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।
भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।
नेकपा (एमाले) ले सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताउनुभएको छ ।
सशस्त्र प्रहरीले पर्साबाट एक करोड ३६ लाख रुपियाँभन्दा बढीको सामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका दुई जना बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ३८ वर्षीय यमाकुमारी कँवर वली र उहाँका १२ वर्षीय छोरा यकिन वली रहनुभएको छ ।