• २८ वैशाख २०८२, आइतबार

दाङमा जङ्गली च्याउ खादा दुई जना बिरामी

blog

लीलाधर वली
घोराही, असार ३० गते । 
दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका दुई जना बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ३८ वर्षीय यमाकुमारी कँवर वली र उहाँका १२ वर्षीय छोरा यकिन वली रहनुभएको छ ।

बंगलाचुली गाउँपालिका–१ का विष्णु कुँवरले जङ्गलमा भटाएको च्याउ घरमा पकाएर खाँदा आमा छोरा बिरामी परेको जानकारी दिनुभयो । बिरामी दुवै जनाको तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

वडा अध्यक्ष कुँवरले भन्नुभयो, ‘‘प्राथमिक स्वास्थ्य केन्द्र स्युजा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएका थियौँ । अहिले उहाँहरूको उपचार भइरहेको छ ।’’

शुक्रबार उहाँहरूले भातसँग च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।