• १३ साउन २०८१, आइतबार

‘सर्वनाम’ विमोचन

blog

हुम्ला समाचारदाता

हुम्ला असार ३० गते । साहित्यकार मधु बस्नेत शाही (मधुश्री) को सर्वनाम गजल सङ्ग्रह विमोचन गरिएको छ। २१० औँ भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारी शुक्रबार जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटाले गजल सङ्ग्रह विमोचन गर्नुभएको हो। 

सो अवसरमा उहाँले समग्र क्षेत्रको विषयवस्तु समेटेर गजल तयार पारेर गजलकार मधुश्रीले आफूमा भएको कलालाई गजलमार्फत प्रस्फुटन गर्नुभएको बताउनुभयो। सङ्ग्रहमा ५६ वटा गजल समावेश गरिएका छन्। 

कोरोनाकहर, बिदेसिने नेपाली परिवेश, मायाप्रेम, राष्ट्रप्रतिको भाव, विकृति र विसङ्गतिलगायतका विषयवस्तु गजलमा समेटिएका छन्। गजलमा हुनुपर्ने तत्व र गुण भएको टिप्पणी गर्दै साहित्यकार वसन्त रोकायाले गजल विधामा नयाँ आयाम थपेको बताउनुभयो। अर्का टिप्पणीकार नवीन शाहीले गजल अध्ययन गर्न निक्कै रमाइलो लाग्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले निक्कै मिहनत गरेर तयार पारेको गजल सङ्ग्रहले सामाजिक विषयवस्तुमाथि व्यङ्ग्य प्रहार गरेको बताउनुभयो। ५६ पृष्ठको गजल सङ्ग्रहको मूल्य १५० रुपियाँ तोकिएको छ।