काठमाडौँ, असार ३० गते । शुक्रबार चलचित्र हलमा दुई नेपाली र दुई अङ्ग्रेजी चलचित्र प्रदर्शनमा आएको छ । नेपाली चलचित्र ‘बगान’ र बिहे पास र अङ्ग्रेजी चलचित्र ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’ र ‘रेसिडेन्ट एभिल : डेथ आइल्यान्ड’ प्रदर्शनमा आएको हो ।
चलचित्र ‘बगान’ अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गर्नुभएको चलचित्रमा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतको अभिनय रहेको छ । अभिनेतृ कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्नुभएको छ । अर्को नेपाली चलचित्र ‘बिहे पास’ पुन : प्रदर्शनमा आएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्नुभएको हो ।
हलिउड चलचित्र ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’ सिरिजको सातौँ चलचित्र पनि प्रदर्शनमा आएको छ । अभिनेता टम क्रुजले चलचित्रमा इथन हन्ट नामक एक जासुसको भूमिका निर्वाह गर्नुभएको छ । त्यस्तै अर्को हलिउड चलचित्र ‘रेसिडेन्ट एभिल : डेथ आइल्यान्ड’ पनि प्रदर्शन भएको छ ।