• १३ साउन २०८१, आइतबार

‘भानुचोक’मा भानुभक्तको सम्झना

blog

२१० औं भानुजयन्तीका अवसरमा घोराहीस्थीत भानुभोकमा जम्मा हुनुभएका साहित्यकारलगायत । तस्बिर: लीलाधर वली

लीलाधर ओली

घोराही, असार २९ गते । दाङको घोराहीस्थित भानुचोकमा जम्मा भएर आदिकवि भानुभक्त आचार्यको सम्झना गरिएको छ । २१० औं भानु जयन्तीका अवसरमा शुक्रबार घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा आदिकवि आचार्यको सम्झना गर्दै साहित्यकार, शिक्षकलगायतका स्थानीयले स्थानीय सरकारसँग भानुभक्त आचार्यको नाममा चोकलाई नामकरणसँगै सालिक राख्न माग गरेका हुन् ।

चोकमा जम्मा भएका साहित्यकारले भानुभक्तको सम्झनामा विभिन्न रचना वाचन गर्नुभएको थियो । रचना वाचन गर्दै साहित्यकार तथा प्राध्यापक किशोरचन्द्र गौतमले नेपाली भाषा तथा साहित्यको विकासमा भानुभक्त आचार्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘भाषाका माध्यमबाट नेपाली समुदायलाई एकताबद्ध गर्न भूमिका खेल्ने राष्ट्रिय विभूतिको सम्मान गर्न आवश्यक छ ।’’ 

कार्यक्रममा साहित्यकार, शिक्षक, बुद्धिजीवीलगायतले नेपाली भाषामा रामायण पढ्ने अवसर दिने, नेपाली समाजलाई भाषिक स्वाभिमान दिने, भाषिक एकताको बलियो राष्ट्रिय डोरी उपलब्ध गराउने आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धा अर्पण गरेका थिए।